Program Archive

Find us on Facebook

Updates

'नाईं नभन्न ल १' र '२' जतिकै माया पाउला त 'नाईं नभन्न ल ३' ले

फागुन, काठमाडौ । चैत्र २७ गते नाईं नभन्नु ल ३ लाई आम दर्शकले हेर्न पाउने भएका छन ।  नाईं नभन्नु ल र त्यसको सिक्वेल नाईं नभन्नु ल २ लाई दर्शकले अत्याधिक मनपराए पछि लेखक तथा निर्माता विकास आचार्यले नाईं नभन्नु ल ३ बनाएका हुुन । साथै नाईं नभन्नु ल ३ को प्रोमो र पोस्टर पनि रिलिज भएको छ । 


वान टाइम सिनेमा प्रा ली.को व्यानरमा बनेको यो फिल्म  सांगीतिक प्रेम कथामा  आधारित छ । फिल्मलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । 
फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, अनुभव रेग्मी, सफला भट्टराई, सञ्चिता लुईटेल, सुरज सिंह ठकुरी, संयम पुरी र आश्मा डिसी मुख्य भूमिकामा छन् । फिल्ममा बसन्त सापकोटाको संगीत रहेको छ । शाहिल खानले डिजाईन गरेको फिल्मको फस्टलुक पोस्टरमा मुख्य कलाकारहरु  आर्यन सिग्देल, प्रियंका कार्की, अनुभव रेग्मी, सफला भट्टराई, सञ्चिता लुईटेल, सुरज सिंह ठकुरी, संयम पुरी र आश्मा डिसीलाई प्रस्तुत गरिएको छ ।

 

फिल्मको पोस्टरले मायाप्रेमको कथा झल्काउँछ । यसैगरी नाईं नभन्नु ल ३ लाई सार्वजनिक प्रदर्शनीमा नल्याउँदै नाईं नभन्नु ल ४ को लागि पनि गीत रेकर्ड भईसकेको जनाईएको छ । 

 


 

Post Comment