Program Archive

Find us on Facebook

Updates

राष्ट्रिय टोलीका कप्तान थापालाई १ लाख नगद पुरस्कार

काठमाडौं, फागुन १७  - नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापालाई बैंकर अनिल शाहले १ लाख रुपैयाँ पुरस्कार दिनु भएको छ । ५ वर्षअघि भारतको नयाँ दिल्लीमा भएको साफ च्याम्पियनसिप फुटबलमा फ्रि किक मार्फत स्तरीय गोल गरेको भन्दै मेगा बैंकका सिइओसमेत रहेका शाहले थापालाई आइतबार १ लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । थापाले फ्रि किकमा गरेको त्यही गोलका कारण नेपालले बंगलादेशलाई १–० ले हराएको थियो ।

थापालाई एक लाख रुपैयाँ हस्तान्तरण गर्दै शाहले विश्वकप छनौट अन्तर्गत भारतसँग हुन लागेको खेलमा नेपाली टिम र कप्तानको हौसला बढाउन आफूले अहिले पुरस्कार प्रदान गरेको बताउनुभयो ।  थापासहित नेपाली टोली अहिले विश्वकप छनौटको प्रारम्भिक चरणमा फागुन २८ गते र चैत ३ गते भारतसँग हुने खेलको तयारीमा छ ।

http://ujyaaloonline.com/

Post Comment