Program Archive

Find us on Facebook

Updates

'नेपाली तारा–३' का बिजेता प्रताप लामा लाई एकदर्जन प्रश्न (अडियो सहित)

फागुन २५, काठमाडौं ।   नेपालीमाझ लोकप्रिय टेलिभिजन रियालिटी शो कोका कोला नेपाली तारा को तेस्रो सिजनका बिजेता  मोरङको सिजुवा निवासी प्रताप लामा सँग एकदर्जन प्रश्न तेर्साएका छौं  । उनले १९ हजार ८ सय ३६ जनासँग प्रतिस्पर्धा गर्दै त्रिपुरेश्वरमा भएको ग्रान्ड फिनालेमा देवेश राई र सुरेश लामालाई उछिनेर उपाधि हात पारेका थिए । 

 

उपाधीसँगै प्रतापले २ लाख ५० हजार रुपियाँ, बजाज डिस्कभर मोटरसाइकल पनि हात पारे । यसैक्रममा हामिले प्रताप लामालाई एकदर्जन प्रश्न सोधेका छौं । सोधिएका एकदर्जन प्रश्न तपाईले पढ्न र सुन्न सक्नुहुनेछ । 

 

१. नेपाली तारा भएको घोषणा सँगै कस्तो अनुभव भयो ?
खुसी छु । खुसी संगै जिम्मेवारी थपिएको अनुभुती भैरहेको छ । 

२. नेपाली तारा भएपछि कसैले क्ष् यिखभ थयग भन्यो कि ? 
आयो नि । म्यासेजहरु धेरै आएको थियो । फेसबुकमा पनि धेरै आउँछु तर फोन र प्रत्यक्ष त अहिलेसम्म आएको त छैन । 

३. प्रेम गर्नुभएको छ ? प्रेमीकाको नाम भन्न मिल्छ कि ?
गरेको छु । अहिले नभनौ क्यारे प्रेमिकाको नाम   ।

४. एक्लै बस्दा कस्तो कुरामा रमाउने गर्नुहुन्छ ?
म धेरै म्युजीक सुन्ने गर्छु । म्युजीक सुन्ने अनि ति गितहरुको भाव बुझ्ने गर्छु  ।


५. फेसबुकको क्ष्म् भन्दिन मिल्छ ?
मिल्छ नि । सबैलाई थाहा छ नि । फेसबुकमा पनि प्रताप लामा नै छ मेरो नाम । 


६. तपाईलाई मन पर्ने एक/एक जना गायक र गायिकाको नाम लिनु पर्यो भने क–कसको लिनुहुन्छ ?
मन त धेरै गायक गायिका मन पर्छ तर नाम नै लिनु पर्यो भने नारायण गोपाल र तारादेवि ।  

७. तपाईलाई मन पर्ने एक/एक जना नायक र नायिकाको नाम लिनु पर्यो भने क–कसको लिनुहुन्छ ?
नायकमा भुवन के.सी. र नायिकामा मेलिना मानन्धर 

८. नेपाली चलचित्रमा नायकको अवसर आयो भने के गुर्नहुन्छ ?
खेल्दिन होला .......हाहा । 

९. पहिलो पटक हेर्नुभएको नेपाली चलचित्रको नाम सम्झिन सक्नुहुन्छ ? 
ठ्याक्क सम्झिनु पर्दा, आदरणिय दाजु राजेश हमाल ज्यू अभिनित देउता हो । 

१०. बिश्वकप क्रिकेट हेर्नुहुन्छ ? कुन टिमको सपोर्ट गर्नुहुन्छ ?
त्यतिधेरै चासो छैन, एकदम कम नै हेर्छु । 

११. पहिलो चुम्बन कसलाई गर्नुभयो ? 
ठ्याक्कै याद नै भएन.......... हाहा । 


१२. स्पेशल कसैलाई केहि भन्नु छ कि ? 
स्पेशल भनेकै मेरो स्रोता तथा दर्शकनै हुनुहुन्छ उहाँहरुलाई धेरै धेरे धन्यवाद दिन चाहान्छु । मलाई यहाँसम्म ल्याइदिनु भयो अझ साथ दिनु हुनेछ भन्ने ठान्दछु । 

Listen & Download Audio Click Here

Post Comment