Program Archive

Find us on Facebook

Updates

गायक हेमन्त शर्माको पहिलो ? (एक दर्जन प्रश्न)

फागुन २६, काठमाडौं ।  नवलपरासीको त्रिवेणी गाउँमा जन्मेका गायक हेमन्त शर्मा यतिखेरका व्यस्त गायक मध्येका एक हुन् । उनले गायनलाई नै मुख्य पेशा बनाएका छन् । देशका बिभिन्न जिल्ला लगायत बिदेशमा हुने कार्यक्रममा पनि आफ्नो प्रस्तुती पस्कन पुगेका हुन्छन् । 


यसैक्रममा गायक हेमन्त शर्मासँग रेडियो अडियो अनलाईन (एरेडियो अडियो डटकम) मा उनको पहिलो एकदर्जन प्रश्न गरेको छौं  ।

१. तपाईको पहिलो गित ?
मेरो पहिलो रेकडेड गित भनेको मुटु भित्र तिम्रो मेरो नाम गुन्जिरहन्छ हो । जसमा शब्द रचना सरोज पन्तको छ । 

२. तपाईको पहिलो आम्दानी ? 
मैले एस.एल.सी. पास गरेपछि भैरहवामा ट्युसन पढाउँथेँ । एउटा सिख बच्चा थिए अहिले त ठुलो भए होला । मैले उसलाई जबरु भन्थें ।
 
३. तपाईको पहिलो प्रेमिका ?
मेरो पहिलो प्रेमिका मेरी श्रीमती रितु नै हुन् ।

४. तपाईको पहिलो सन्तान ? 
मेरो जम्मा दुई सन्तान हुन् । पहिलो छोरा हिरक हेमन्त भट्टराई हो ।

५. तपाईको पहिलो माया ?
मैले पहिलो माया त मेरो आमालाई नै गरेको हुँ । र बिपरीत लिङ प्रतिको माया भन्दा चाँहि मैले मेरी श्रीमती रितुलाई गरेको हुँ । 

६. तपाईको पहिलो अन्तवार्ता ? 
मेरो पहिलो अन्तवार्ता सायदै बि.सं २०५७ सालमा हुनुपर्छ । पत्रकार कृष्ण भट्टराईले लिनुभएको हो जो अहिले कान्तिपुर साप्ताहिकमा हुनुहुन्छ । 

७. तपाई पहिलो पटक काठमाडौं कहिले र किन आउनु भयो ? 
म कक्षा ७ मा पढ्दा शैक्षिक भ्रमणमा पहिलो पटक काठमाडौं आएको हुँ । त्यतिखेर पोखरा, गोरखा र काठमाडौंको भ्रमण थियो । काठमाडौं आएर एउटा फिल्म पनि हेरेको याद छ, बिश्वास फिल्म हेरेको थिएँ । 

८. तपाईले पहिलो पटक हेरेको फिल्म ? 
पहिलो पटक हेरेको फिल्म त हिन्दी फिल्म दममारो दम हो । मेरो जन्मस्थान  नवलपरासीको त्रिवेणीमा आमा र हजुरआमा सँग हेरेको थिएँ ।  नेपाली फिल्ममा भने सम्झना फिल्म हो । 

९. तपाईको पहिलो चकचक ?
सानो सानो मा त पक्कै पनि धेरै भयो होला तर अहिले ठ्याक्कै पहिलो पटकको चकचक याद भएन । 

१०. तपाईको पहिलो मोबाइल सेट ?
आज भन्दा १० बर्ष अगाडि कतारबाट मेरो साथी गोबिन्द के.सी.ले पठाइदिनु भएको नोकिया मोबाइलको ८३१० मोडल जुन चिटिक्क परेको थियो । 

११. तपाईको पहिलो सवारी साधन ? 
मैले पहिलो पटक चढेको सवारी साधन साइकल हो जुन मेरो बाबाले किनिदिनु भएको हो । आफ्नै आम्दानीले किनेको सवारी साधन चाँहि हिरो होन्डा बा १० प ३२६४ नम्बरको हो । 

१२. तपाईको पहिलो बिदेश भ्रमण ?
मेरो पहिलो बिदेश भ्रमण सन् २००० मा कतार हो ।

 

Listen & Download Audio file Click Here

Post Comment