Program Archive
- Radio Ma Diusai Rodhi [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Gausahar Express [ Listen ] [ Download ]
- Sali Vena [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Filmy Checkpost [ Listen ] [ Download ]
Find us on Facebook
Updates
वडा नं. ६ सँग प्रियंकाले मनाइन् आफ्नो जन्मदिन (फोटो फिचर)
फागुन १५, काठमाडौं । चलचित्र वडा नम्बर ६ को युनिटसंग नायिका प्रियंका कार्कीले आफ्नो २८ औ जन्म दिन मनाईन । वडा नम्बर ६ की नायिका प्रियंका कार्कीले चलचित्रका निर्माता दिपकराज गिरी र दिपा श्री निरौलासंगै दिपाश्री निरौलाकैे निवासमा गएर केक पनि काटिन । तिथिका हिसाले महाशिवरात्रीका दिन जन्म दिन परे पनि मितिका हिसाबले उनले आजैका दिन जन्म दिन मनाउने गरेको जानकारी दिईन । यसैगरी नायिका कार्कीकोे जन्म दिनको अवसर पारेर रेडियो अडियोको कार्यक्रम धनियाको दुनियामा संचालिका दिपा श्री निरौलाले उनीसित भलाकुसारी पनि गरीन । कार्यक्रममा अर्का संचालक अर्जुन के आर ले पनि उनको फिल्मी दुनियाका बारेमा विभिन्न जिज्ञासा राखेका थिए । आजको कार्यक्रममा रामविलास पनि आएका थिए । उनले पनि नायिका कार्कीसंग रमाईलो गफ गरे ।
सन् २०११ देखि चलचित्रको दुनियमा प्रवेश गरेकी नायिका कार्कीले अभिनय गरेको पहिलो चलचित्र मेरो वेस्ट फ्रेन्ड हो भने पहिलो रिलिज भएको चलचित्र थ्री लर्भस हो । करीब १ दर्जन फिल्ममा अभिनय गरिसकेकी नायिका प्रियंका कार्कीको आजै मात्र मिसन पैसा २ चलचित्र पनि रिलिज भएको छ । उनको निर्माणाधिन चलचित्रहरु नाई नभन्नु ल ३ , वडा नम्बर ६ , हाउफनी , सडंग लगायतका रहेका छन । यसै गरी नायिका कार्कीले धेरै विज्ञापनहरुमा पनि अभिनय गरेकी छिन । विभिन्न भूमिकामा अनिनय गर्न रुचाउने नायिका कार्कीको मिजासिलो बानी रहेको बताइएको छ ।






Post Comment