Program Archive

Find us on Facebook

Updates

फ्राइडे रिलिजः निशा र पुजामा कसलाई रोज्लान् त दर्शक ?

फागुन १५, काठमाडौं । आज शुक्रबार बाट देशभरका बिभिन्न हलहरुमा दुई चलचित्र 'अझैपनि' र 'मिसन पैसा २ रिलोडेड' प्रदर्शनमा आएका छन् । आफ्नो पचारप्रसारको कार्य समाप्ति पछि यि दुई चलचित्र आजबाट प्रदर्शन भइरहेका छन् । एकै समयमा यि दुई चलचित्र प्रदर्शन हुँदा दर्शकहरुमा कुन हेर्ने र कुन छोड्ने भन्ने अन्योलता छ । हुन त एकै हप्ता चार नेपाली फिल्म पनि यो भन्दा अघि प्रदर्शन भइसकेका छन् । प्रदर्शन अघि नै बिभिन्न तरिकाले आफ्नो चलचित्र निकै राम्रो बनेको दामी गर्ने यि दुई चलचित्र मध्ये कुन राम्रो भन्ने त दर्शकहरुलाई हलमा पुगेर हेरे पछि नै थाहा होला । 

 

 

'अझै पनि'
बिशुद्ध नारी प्रधान बताइएको यो चलचित्र लाई स्व. आलोक नेम्वाङले निर्देशन गरेका हुन । चलचित्रमा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, बिशाल ढुङगाना, बिजय लामा लगायतको अभिनय छ । चलचित्रलाई पुनम गौतम र सुदर्शन थापाले मिलेर बनाएका हुन । 

त्यस्तै सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट पाइसकेको यो चलचित्रमा राजेश श्रेष्ठको छयांकन, प्रितम पाण्डेको सम्पादन, अष्ट महर्जनको द्धन्द र महेश खडका, हरि लम्साल तथा राजनराज सिवाकोटीको सँगीत रहेको छ ।


'मिसन पैसा २ रिलोडेड'

चलचित्र मिसन पैसा २ रिलोडेड लाई सिमोस सुनुवारले निर्देशन गरेका हुन । माधव वाग्ले र नरेन्द्र महर्जन फिल्मका निर्माताहरु हुन । फिल्म करिब ५ बर्षअघि नै प्रदर्शन भइसकेको फिल्म मिसन पैसाको सिक्वेलको रुपमा निर्माण गरिएको हो । रेश मरहट्टा, निशा अधिकारी, अमिर गौतम, हर्षिका श्रेष्ठ लगायतको कलाकारहरु फिल्मका मुख्य पात्रहरु हुन । फिल्ममा हरी हुमागाँइको छायांकन, राजकुमार उप्रेतीको द्वन्द्व, दिर्घ खड्काको सम्पादन, स्वर्गिय पाण्डव सुनुवारको संगीत रहेको छ ।

 

Post Comment