Radio Audio Program

Find us on Facebook

रेडियो अडियो प्रा.लि. 

एफ.एम.व्याण्डको १०६.३ मेघाहर्जमा प्रशारण हुने रेडियो अडियो नेपालको एक मात्र हास्य प्रधान रेडियो हो । रेडियो अडियो प्रा.लि.ले नेपाल सरकार सुचना तथा संचार मन्त्रालयबाट २०६३ असोजt ३१ गते काठमाडां उपत्यकाबाट एफ.एम. रेडियो प्रशारणको अनुमति पाएको हो । रेडियो अडियोले वि.सं. २०६४ भदौं १२ गते गाईजात्राको दिनबाट परीक्षण प्रशारण शुरु गर्‍यो । लोकप्रिय अभिनेता तथा हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले वि.सं. २०६४ मंसिर २१ गते विशेष कार्यक्रम माझ रेडियो अडियोको औपचारिक प्रशारणको उद्घाटन गर्नु भयो । परीक्षण प्रशारण देखि नै रेडियो अडियोले दैनिक १८ घण्टा -बिहान ५ बजे देखि राती ११ बजे सम्म) कार्यक्रम प्रशारण गर्दै आएको छ । एक कान दइ कान मैदान यस्मै छ मज्जा भन्ने नारा सहित निरन्तर हुसाइराख्ने, निरासाको कुरा गर्दै नगर्ने मजा मात्रै बाडिरहने रेडियो अडियोको प्रशारण स्टेशन काठमाडौंको अति नै व्यस्त व्यवसायीक केन्द्र नयाँ बानेश्वर ओमकार बिल्डिङ्गमा छ । 

अनलाईन  टिम 

रेडियो अडियो प्रा.लि. कै अग्रसरतामा संचालित  www.aradioaudio.com अनलाईन सर्भिस का कार्यकारी अध्यक्ष दिपेन्द्र खनिया हुन् । यो अनलाईनको समाचार संकलन तथा प्रकाशनका लागि राजेन्द्र बियोगी ,गोपिकृष्ण चापागाई र राधीका कणेल क्रियाशिल छन् । त्यसैगरी यस अनलाईनका लागि आवश्यक पर्ने सबै खाले डिजाईनका लागि अमन मानन्धरले आफ्नो कला पस्तुत गर्दै आएका छन् । अहिले सिमित स्रोत र साधनमा तपाईको सेवा गर्दै आएको यो www.aradioaudio.com अनलाईन सर्भिसले भविष्यमा थप सहयोगि टिम सहित नयाँ सेवा दिने योजना बनाएको छ । 

 

Radio Audio Live