Radio Audio Program

Find us on Facebook

News

​रेखालाई सबिनको प्रस्ताव “यहि जुनीमा मेरी बनन” (भिडियोसहित)

​रेखालाई सबिनको प्रस्ताव “यहि जुनीमा मेरी बनन” (भिडियोसहित)

चलचित्र हमेशामा सबीन र रेखाको जोडी जमेको थियो । हमेशाले पाएको सफलताले सबिनलाई पनि धेरै फाइदा पुर्यायो । सिने क्षेत्रमा अन्य थुप्रै अवसरको सिर्जना भयो । चलचित्र रामप्यारीका लागि रेखाले हिरोको खोजी गरिन् । नयाँ हिरो भित्राउन चाहाने रेखाले आफ्नै दिदीको छोरालाई डेब्यु गराउने सोच गरीन् । तर, आफ्नो जोडीका लागि भने सबीनलाई नै रोजीन् । सबीन पनि के कम उनले रेखा सामु एउटा प्रस्ताव राखे । उनले धक नमानी रेखालाई यहि जुनीमा आफ्नो बन्न आग्रह गरेका छन् । यस्तो प्रस्ताव सबिनले रियल लाइफमा रेखासँग राख्न गाह्रै पर्ला । तर, रिल लाइफमा भने सजीलै राखेका हुन् ।

चलचित्र रामप्यारीमा समावेश एउटा गीतमा रेखा र सबिन एकै साथ देखिएका छन् । चैत २६ देखि प्रर्दशनमा ल्याउने तयारी गरिएको रामप्यारीको अर्को जुनी बोलको गीतमा रेखा आफैँले संगीत भरेकी छिन् । विपीन किरणको शब्द रहेको गीतलाई राजेश पायल राई र मनीषा पोख्रेलको स्वर छ । चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् रामप्यारीको सार्वजनीक गीत ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live