Radio Audio Program

Find us on Facebook

News

सुँगुर बोकेर रातो घर घुम्दैछन् तक्मे बुढा ? (भिडियोसहित)

सुँगुर बोकेर रातो घर घुम्दैछन् तक्मे बुढा ? (भिडियोसहित)

“आफ्नो जस्तो अनुहार छ, त्यस्तै सुँगुर बोकेर हिँडेछ” विल्सन विक्रम राई (तक्मे बुढा)का लागि यस्तो संवाद प्रयोग गर्दा दर्शक अवश्य हाँस्छन् । अझै तक्मे बुढाको ढाडमा भएको सुँगुरले समेत चश्मा लगाएको देख्दा हाँसो थाम्न मुश्कील नै पर्छ । चलचित्र रातो घरमा समावेश गरीएको दृश्य हो । जसमा तक्मे बुढाको नामले चिनीएका विल्सन विल्कुलै फरक देखिएका छन् । तर, उनको दर्शक हँसाउने शैली उस्तै देखिन्छ । विल्सनको कमेडीसँगै चलचित्रमा एक्सन पनि देखाइएको छ ।

सुरज सुब्बा नाल्बोको निर्माण तथा निर्देशन रहेको चलचित्र रातो घर तक्मे प्रोडक्सन र माङ हिम फिल्म्सको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा विल्सनसँगै उनका मिल्ने साथी संयम पुरी र गौरव पाहारी मुख्य भूमीकामा देखिएका छन् । यस्तै मेनुका प्रधान, अनुराग कुवर, विकेश श्रेष्ठ, जितेन लामा र भानु प्रताप पनि चलचित्रमा देखिने छन् । अष्टे«लीयाको विभिन्न शहरहरुमा प्रर्दशन भइसकेको रातो घर पुस १२ गतेदेखि अमेरिकाको विभिन्न शहरहरुमा प्रर्दशन हुँदैछ । २०७३ साल वैशाखको अन्तिम साता नेपालमा प्रर्दशन गर्ने लक्ष्य राखेको रातो घरले नयाँ पोस्टर तथा प्रोमो सार्वजनीक गरेको छ । यस्ता छन्, पोस्टर तथा प्रोमो ।

 
तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live