Radio Audio Program

Find us on Facebook

News

डिजीटल बजारमा महको पर्दा खुल्यो ।

डिजीटल बजारमा महको पर्दा खुल्यो ।

पुस, काठमाण्डौँ ।
मह (मदकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) लाई हेर्न र सुन्न अब न स्टेज पुग्नुपर्छ । न रेडियोको कान बटार्नु पर्छ । न त टेलिभिजनमा समय र बार नै कुर्नुपर्छ । दर्शकले अब आफ्नो अनुकुल समयमा महलाई सजीलै देख्न सक्छन् । काठमाण्डौँका चोक, डबली, रेडियो नेपालको स्टुडियो, प्रज्ञा भवन, राष्ट्रिय नाचघर हुँदै टेलिभिजनको पर्दामा देखिने र सुनीने महलाई अब इन्टरनेटमा सजीलै भेट्न सकिन्छ । किनकी महको डिजीटल पर्दा (www.mahajodi.com.np) खुलीसकेको छ ।

डिजीटल बजारमा महको प्रवेशले यस क्षेत्रलाई नयाँ दिशातर्फ डोहोर्याउन सक्ने सम्भावना देखाउँछ । कमै मात्र नेपाली कलाकारको सूचना, गतिविधि र सिर्जनाहरु डिजीटल बजारमा भेटिन्छ । महको बायोग्राफीसँगै सबै सिर्जनाहरु अब अनलाइनमार्फत आम नागरिकको पहुँचमा छ । कलाकार आफैँले वेभसाइट बनाएर व्यावसायीक रुपमा सुरुवात गरेको सम्भवत यो पहिलो पटक हो ।


उनीहरुले गरेको यो कार्यले सुस्ताउँदो रंग उद्योगलाई फस्टाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ । (www.mahajodi.com.np) ले कलाकार र दर्शकबीचको दुरीलाई पनि घटाउन मद्धत गर्छ । किनकी संसारभरी छरिएर रहेका नेपालीहरुको पहुँचमा मह जोडी अब सजीलै पुग्न सक्ने भएका छन् । जुन नेपाली कला क्षेत्रमा एउटा आवश्यकता पनि थियो ।


पहिले पहिले क्यासेट, सिडी बिक्रि हुन्थ्यो । अहिले त्यो क्रम शून्य छ । त्यसैले युट्युब च्यानल, अनलाइनलाई एउटा आम्दानीको श्रोत मान्न थालीएको छ । यस हिसाबले मह पनि नयाँ प्रविधिमा गएका हुन् । महका सिर्जनाहरु युट्युबमा टुक्रा टुक्रा गरी हेर्नु पथ्र्यो । अब वेभसाइटमार्फत महका पुरै टेलिफिल्म, नाटक, प्रहसन हेर्न सकिन्छ ।


यो सँगै मदनकृष्ण हरिवंशका बारेमा अध्ययन गर्न चाहानेहरुका लागि (www.mahajodi.com.np) ले सहयोग पुर्याउने भएको छ । महजोडीको वेभसाइटमा उनीहरुले उत्पादन गरेका सामग्रीको संक्षिप्त विवरण पनि उल्लेख गरिएको छ । यस हिसाबले महको बारेमा अध्ययन गर्न चाहानेका लागि वेभसाइट गतिलो दस्तावेज बन्न सक्छ ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live