Radio Audio Program

Find us on Facebook

News

फेसबुकले पत्यायो, अमेरिका पुगेका निर्देशक सुरेश दर्पणलाई ।

फेसबुकले पत्यायो, अमेरिका पुगेका निर्देशक सुरेश दर्पणलाई ।

पुस, काठमाण्डौँ 
पछिल्लो समय सामजिक सन्जालहरुमा कलाकर्मिहरुको सक्रीयता निकै नै हुने गरेको छ । चाहे हलिउड होस वा बलिउड या नेपाली फिल्म क्षेत्र नै किन नहोस । सामाजिक सन्जाल त्यस्मा पनि फेसबुकले सबैलाई आकर्षित गरेकै छ । प्राय सेलिब्रेटीहरु आफ्नो फिल्म , म्युजिक भिडियोलगायतका सृजनाहरुको प्रचार प्रसार र दर्शक श्रोताहरुसँग निकट रहन लागि फेसबुकको प्रयोग गर्ने गर्छन । नेपाली सेलिब्रेटीहरुको हकमा कुरा गर्दा निकै थोरै कलाकर्मीलाई मात्र फेसबूकले पत्याएको छ । यानेकी निकै कम कलाकर्मीहरुको पेजलाई मात्र फेसबूकले भेरीफाइ गरेको छ । फेसबुकले पेज भेरीफाइ गर्ने पहिलो नेपाली निर्देशक सुरज सुब्बा नाल्बो हुन भने दोस्रो निर्देशक हुन सुरेश दर्पण पोखरेल सफल भएका छन ।

शुरुवात देखि नै सामाजिक सन्जालहरुमा सक्रिय युवा निर्देशक पोखरेलको अफिसियल पेजलाई फेसबूकले निलो टिक मार्क सहित भेरीफाइ गरेको हो । सन्चारकर्मी हुँदै चलचित्र निर्देशक बनेका पोखरेलको आधिकारिक पेजमा हाल २२ हजार ५०० भन्दा बढीले लाईक गरेका छन । निशना, कस्लाई दिउ यो जोबन , मिस यु, थ्री लभर्स लगायतका फिल्मका निर्देशक पोखरेल हाल अमेरिका भ्रमण छन । यसपटकको भ्रमणमा उनले हालसम्म ६ वटा नेपाली गीतको म्युजिक भिडियो, ५ वटा साँस्कृतिक कार्य्रक्रम र २ वटा अन्र्तराष्ट्रिय फिल्म फेस्टिवलमा सहभागिता जनाइसकेका छन । आगामी महिना भ्रमण सकेर नेपाल फर्कन लागेका निदेशक पोखरेलले केहि समय देखि अमेरिकामा नै  फिल्म निर्देशन सम्बन्धी  अध्ययन गरिरहेका छन् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live