Radio Audio Program

Find us on Facebook

News

लालटीन बाल्न नियम तोड्दै दयाहाङ ।

लालटीन बाल्न नियम तोड्दै दयाहाङ ।

मंसीर, काठमाण्डौँ । 
लालटीनको प्रचलन हराउँदै गएको छ । बत्तीको लागि सस्तो र सजीलो प्रविधि भित्रिएसँगै लालटीन लोप हुन लागेको हो । लालटीनको प्रचलन हराउँदै गर्दा कलाकारको एउटा टोली लालटीन बाल्ने तयारीमा जुटेको छ । त्यहि टोलीको नायिके हुन्, लोकप्रीय कलाकार दयाहाङ राई । लालटीन बाल्नका लागि उनले आफ्नै नियम तोडेका छन् ।

जाडोमा काम नगर्न चिकित्सकले उनलाई सुझाव दिएका थिए । डक्टरको सुझाव अनुसार उनी आफैँले जाडोमा काम नगर्ने नियम बनाएका थिए । तर, लालटीनको उज्यालोको लोभले उनले आफ्नो नियम तोडेका हुन् । लालटीन बाल्ने टोली राम्रो लाग्यो, स्क्रीप्ट पनि राम्रो छ अनी भूमीका पनि मन परेकाले आफ्नो नियम तोड्न बाध्य भएको दयाहाङले बताएका छन् । 


चलचित्र लालटीनको आज एक कार्यक्रमकाबीच सुभारम्भ गरिएको छ । लभसभ निर्माण टोलीको समेत सहभागितामा लालटीन निर्माण गर्न लागिएको चलचित्रका प्रस्तुतकर्ता भानु प्रतापले बताएका छन् । यस्तै, निर्देशक देवकुमार श्रेष्ठले कमेडी, सस्पेन्स, रोमान्स र थ्रीलरको समिश्रण नै लालटीन रहेको जानकारी दिएका छन् । चलचित्रमा अनीम श्रेष्ठ, राज केसी, दिपक श्रेष्ठ, मनोजराज भण्डारीको लगानी रहेको छ । अर्जुनजंग शाही, दयाहाङ राई, प्रियंका काकी, जनक बर्तौला, भानुप्रताप, केकी अधिकारी, रिया श्रेष्ठ, रामकेशर बोगटीलगायतले चलचित्रमा अभिनय गरेका छन् । चलचित्रबाट निरञ्जन थापा र राज कटुवालले डेब्यु गर्दैछन् । 

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live