Radio Audio Program

Find us on Facebook

News

निश्चलले गरे नव नायिकासँग इन्गेजमेन्ट ।

निश्चलले गरे नव नायिकासँग इन्गेजमेन्ट ।

मसींर २८ काठमाण्डौ ।

निर्देशक निश्चल बस्नेतले इन्गेजमेन्ट गरेका छन् । नव नायिका स्वस्तीमा खड्कासँग उनले इन्गेजमेन्ट गरेका हुन् । स्वस्तीमा र निश्चलको विवाहको कुरा केहि महिनादेखि चल्दै आएको थियो । विवाहको हल्लालाई साम्य गर्दै उनीहरुले विवाह प्रक्रिया अघि बढाएका हुन् । स्वस्तीमाको डेब्यु फिल्म होस्टल रिर्टन्स प्रर्दशन हुँदै गर्दा उनको नाम निश्चलसँग जोडिएको थियो ।

परिवारले विवाहबारेमा छलफल गरेको भन्दै उनीहरुको नाम जोडिएको थियो । होस्टल रिर्टन्सबाट सिने यात्रा सुरु गरेकी स्वस्तीमा म्युजीक भिडियोहरुमा देखिँदै आएकी छिन् । पछिल्लो समयका आश लाग्दा निर्देशकसँग वैवाहिक सम्बन्ध गाँस्न पाउँदा स्वस्तीमा निकै खुशि देखिन्छिन् । यस्तै, परिवारले रोजेको जीवन संगीनी पाउँदा निश्चल पनि मख्ख देखिएका छन् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live