Radio Audio Program

Find us on Facebook

News

सफा चिटिक्क बस्नुस्, मेरी बास्सै आउला नआउला, टोलटोलमा अवश्य आउँछन् धुर्मुस सुन्तली ।

सफा चिटिक्क बस्नुस्, मेरी बास्सै आउला नआउला, टोलटोलमा अवश्य आउँछन् धुर्मुस सुन्तली ।

हरिजंग थापा । द्धन्द्धकालको समय । डर थियो । त्रास थियो । देशसँगै आफ्नो भविष्यप्रति चिन्ता गर्नेको संख्या ठूलो थियो । पशुपंक्षी जसरी मान्छे मारेको खबर आउँथ्यो । मन आत्तिन्थ्यो । संकटको त्यस घडिमा तितो सत्यलगायतका टेलिश्रृंखला आउँथे । मनभरीको पिडा र वेदनालाई बिर्साएर फिस्स हाँस्न बाध्य बनाउँथे । बिस्तारै जीरे खुर्सानी, मेरी बास्यै, भद्रगोललगायतका हाँस्य टेलिश्रृंखला थपीए । दर्शकलाई पेट मिचिमिचि हाँस्न सिकाए । टेलिश्रृंखला हेर्ने बानी बसाए ।

शान्ति सम्झौता भयो । देशमा उत्साह, उमंग बढ्यो । हरेक नेपाली मनमा आशाको दियो बल्यो । हाँस्य टेलिश्रृंखलाहरुले उत्साहमा घ्यू थपे । दिल खोलेर हाँस्न सिकाए । राम्रा कामको प्रशंसा गरे । कुरीति र कुप्रथा माथी व्यंग्यवाण बर्साए । मनोरञ्जनसँगै समाजलाई अनेक शिक्षा दिए । कलाकार आफु पनि दर्शकमाझ स्थापीत भए । केहि कलाकार संघर्ष गरिरहेका छन् ।

समय फेरीयो । देशको परिस्थिति फेरीयो । संविधान आयो । कतिपयले हर्ष बढाईँ गरे । केहिले नयाँ झगडाको बिउ रोपे । जनता फेरी अभाव र समस्याको भुमरी फसे । १२ वर्षमा खोला फर्किन्छ भन्छन् । दर्शक हँसाउने टेलिफिल्म धमाधम बन्द हुन थाले । बिडम्बना भन्नुपर्छ, तितो सत्यले बाहै्र वर्ष लागेपछि यात्रा टुंगीएको घोषणा गर्यो । दिपकराज र दिपाश्री फिल्म बनाउन लागे । माग्ने बुढा र तक्मे बुढा युट्युब र अनलाईनबाट दर्शक हसाउन थाले । मुन्द्रेलगायत अन्य थुप्रै हाँस्यकलाकार स्टेज कार्यक्रममा केन्द्रित छन् । एक जोडि हाँस्यकलाकार धुर्मुस सुन्तली काखे छोरी छाडेर सामाजिक काममा कटिबद्ध देखिन्छन् ।

काभ्रेमा एकिकृत बस्ती बसालेर केहि समय कलाकारीतामा फर्किएका उनीहरु फेरी कुचो बोकेर जिल्ला, जिल्ला फोहोर बर्ढान थालेका छन् । रामेछाप, सिन्धुपाल्चोक र काभ्रे सदरमुकामको फोहोर टिपेर यो जोडि राजधानी फर्किएको छ । कलाकारीतासँगै देशभरको फोहोर टिप्न चाहान्छन्, धुर्मुस सुन्तली । यति मात्र होइन, नकारात्मक मानसीकता पनि बढार्ने उनीहरुको चाहाना छ ।

लोकप्रीय कलाकारमा देखिएको सकारात्मक सोच कदर योग्य छ । देशको लागि केहि गर्ने संकल्प सकारात्मक छ । फोहोरी वातावरणले दिमागमा गतिला सोचाई आउनै नदिने उनीहरुको ठम्याई छ । दिमाग र वातावरणको फोहोरलाई एकै साथ बढार्ने उनीहरुको अभियानमा हरेक नागरिकको साथको खाँचो छ । धुर्मुस भन्छन्, सरकारले जिम्मेवारी दिएमा भूकम्पपछिको भताभुङ्ग नेपाल, पुन निर्माणको जिम्मा आफ्नो काँधमा बोक्न चाहान्छु । बोलेर मात्र होइन गरेर देखाउने आँट छ । यो बलीयो शाहसलाई भरोसासहितको गतिलो साथ मिले, देश सफा हुन समय लाग्दैन ।

रामेछापबाट सुरु गरिएको सरसफाई अभियानमा धुर्मुस सुन्तलीले हरेक जिल्लाका सरकारी निकायका प्रमुख, राजनितिक दलका प्रतिनिधिलगायतसँग अन्र्तक्रिया गर्छन् । सरकारी विद्यालय र निजि विद्यालयसँगै नगर सफाई गर्छन् । यतिमै उनीहरुको अभियान प्रक्रिया टुंग्गीदैन । सबैलाई छातिमा हात राखेर सरसफाई गर्ने प्रतिबद्धता गराउँछन् । सरसफाई गर्नु पर्छ भन्ने चेतना जगाउँछन् । यति मात्र होइन अभियान सञ्चालन गरिएका जिल्लाको अनुगमनमा समेत जाने तत्परता देखाउँछन् ।

कर, बलले अभियान सफल हुनै सक्दैन । आफ्नो गाउँ टोल सफा गर्न कसैलाई कर, बल गर्नु पर्ने कुरै होइन । समाजमा भएको केहि सभ्य मानीसको सक्रियताले नै सफा नेपाल सम्भव छ । यसै पनि सरसफाई सभ्य समाजको मानक हो । जुन आफैँले गर्नु राम्रो हुन्छ । आफ्नो वरपर भएको फाहोरले हानी आफैँलाई गर्छ । विभिन्न प्रकारका रोग र किटाणु सर्छ ।

यसै कुरालाई मध्यनजर गर्दै धुर्मुस सुन्तली सरसफाई अभियानको देश दौडाहामा छन् । मेरी बास्यै टेलिभिजनमा आउला वा नआउला ? धुर्मुस सुन्तली तपाईँको टोल टोलमा अवश्य आउनेछन् । उनीहरुले फोहोर टिप्छन्, टिप्न लगाउँछन् । त्यसैले धुर्मुस सुन्तली तपाईँको टोलमा पुग्दा सफा गर्ने फोहोर नहोस् । असभ्य नागरिकको परिचय दिँदै छातिमा हात राखेर फोहोर सफा गर्छु भनेर सचेत नागरिकले किरीया खानु नपरोस् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live