Radio Audio Program

Find us on Facebook

News

​कलाकारको नेता बन्न कसले पाए कति भोट ?

​कलाकारको नेता बन्न कसले पाए कति भोट ?

मंसीर, काठमाण्डौँ ।
कलाकार रामकेशर बोगटी चलचित्र कलाकार संघको अध्यक्ष भएका छन् । यस अघि महासचिवको जिम्मेवारी सम्हालीसकेका बोगटीले लय संग्रौला र विशाल बिष्टलाई पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । बोगटीले संग्रौलालाई ७८ मतले पछि पारेका हुन् । यस्तै, अध्यक्षका अर्का प्रतिद्धन्द्धी विशाल बिष्टले जम्मा १० मत पाएका छन् । उपाध्यक्षमा भने सानु ताम्राकार र रेजीना उप्रेति विजयी भएका छन् ।

महासचिव पदको लागि भएको प्रतिष्पर्धामा सरिता लामिछानेको जीत भएको छ । सरिताले आफ्ना प्रतिद्धन्द्धी कृष्ण ढुंगानालाई ९९ मतले पछि पारेकी हुन् । सचिव पदमा भएको प्रतिष्पर्धामा झिनो मत अन्तरले सञ्जय खतिवडालाई हराउँदै चेतबहादुर सिंह विजयी भएका छन् । कोषाध्यक्षमा विमला केसी विजयी भएकी छिन् भने सहकोषाध्यक्षमा नन्दिता केसी निर्वीरोध चयन भएकी छिन् ।

सदस्यहरुमा गजित विष्ट, शिवहरी पौडेल, सबिन श्रेष्ठ, देविराम पराजुली, अशिष्मा नकर्मी, रश्मी भट्ट, विष्णु सापकोटा, कविता शर्मा, शिवहरी नेपाल, मानबहादुर बम्मजन विजयी भएका छन् । गजित विष्टले निर्वाचनमा सबैभन्दा बढी २ सय ८७ भोट पाएका छन् । शिवहरी पौडेलले २ सय ५८, सबिन श्रेष्ठले २ सय ४२, देविराम पराजुलीले २ सय २८, अशिष्मा नकर्मीले २ सय २६, रश्मी भट्टले २ सय ३, विष्णु सापकोटाले २ सय, कविता शर्माले १ सय ८८, शिवहरी नेपालले १ सय ७१, मानबहादुर बमजनले १ सय ६३ मत ल्याएर सदस्य पदमा विजयी भएका हुन् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live