Radio Audio Program

Find us on Facebook

News

​भाग्यले बाँचेकाहरु डकुमेन्ट्री देखाउँदै किम्फ आजदेखि सुरु ।

​भाग्यले बाँचेकाहरु डकुमेन्ट्री देखाउँदै किम्फ आजदेखि सुरु ।

मंसीर २४, काठमाण्डौँ । कमलपोखरीस्थित कुमारी सिनेमा हलमा सुरु, ईन्टरन्यश्नल माउण्टेन फिल्म फेस्टिभल –किम्फ सुरु भएको छ । नेपालमा गएको भुकम्पका पीडितहरुको कथामा आधारित डकुमेन्ट्री, भाग्यले बाँचेकाहरुको प्रदर्शनसँगै किम्फमा डकुमेन्ट्री तथा फिल्महरुको स्क्रिनीङ भएको हो ।  भुकम्प पीडितको कथा भन्ने यो डकुमेन्ट्रीलाई गणेश पाण्डेले निर्देशन गरेका हुन् । किम्फमा आजदेखि, २५ देशका ८० फिल्महरु देखाईदैछन् । पाँच दिनसम्म चल्ने किम्फमा यसपाली पनि डकुमेन्ट्री, फिक्सन, एडभन्चर, प्रयोगात्मक लघु फिल्म, एन्थ्रोपोलोजिकल न्यारेटिभ्स र एनिमेशन चलचित्रहरु हेर्न सकिनेछ । यस्तै, नेपाल पानारोमा अन्र्तगत नेपाली डकुमेन्ट्रीहरुको विशेष प्रदशन पनि रहनेछ ।

किम्फमा फिल्महरुको प्रदर्शनी त छँदै छ , दर्शकले यसपाला भारतीय पर्वतारोही तथा फोटोग्राफर  अभिजित सिंहका तस्बिरहरु पनि अवलोकन गर्न सक्नेछ । यस्तै किम्फको अर्को आकर्षण बनेको छ – ट्रेण्डस इन साउथ एसियन ईन्डिपेन्डेन्ट सिनेमा बिषयक परिसंवाद  । यसँगे,  नो योर हिमाल थिममा हाजिरीजवाफ पनि हुने नै छ ।

यसैगरी, अन्र्तराष्ट्रिय पर्वतीय दिवसको अवसरमा , उल्जु माउण्टेन फिल्म फेस्टिभलबाट कोरियाली फिल्महरुको विशेष प्रदर्शन हुनेछ । त्यसै दिन , विश्व बन्यजन्तु संरक्षण कोष नेपालले बनाएको हिम चितुवा सम्बन्धी र ईसिमोडले बनाएको मह जोडीको फिल्म धूँवा पनि प्रदर्शन गरिनेछन् । यस्तै, किम्फमा  नेपालको भुईँचालोबारे आयोजना गरेको साईस्मिक सिफ्ट नामक लघु फिल्म प्रतियोगीताका उत्कृष्ट फिल्महरु पनि हेर्न सकिनेछ । किम्फ २०१५ को निर्णायक मण्डलमा,  ब्रिटिस पर्वतारोही र पत्रकार एड डगलस्, कोरियाली प्राध्यापक युन यङ्ग किम तथा भारतीय फिल्म सम्पादक नम्रता राव र बरिष्ठ फिल्म समालोचक प्रेमेन्द्रनाथ मजुमदार छन् ।

अन्र्तराष्ट्रिय खण्डका उत्कृष्ट तीन फिल्मलाई पन्ध्र सय, एक हजार र पाँच सय अमेरीकी डलरले पुरष्कृत गरिनेछ । नेपाल चलचित्र विकास बोर्ड र जेन गोडाल ईन्स्टिच्युटले नेपाल पानारोमा अन्र्तगतका दुई उत्कृष्ठ फिक्सन र डकुमेन्ट्री फिल्मलाई पचास हजार रुपैँया प्रदान गर्नेछन् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live