Radio Audio Program

Find us on Facebook

News

​जीरे खुर्सानीका निर्देशक सहित तीन कलाकार चुनाबी मैदानमा ।

​जीरे खुर्सानीका निर्देशक सहित तीन कलाकार चुनाबी मैदानमा ।

मंसीर २४, काठमाण्डौँ । टेलिभिजनका चर्चित हाँस्यब्यङ्ग्य श्रृङ्खला आउने, नआउने बहस चलिरहेको बेलामा, जीरे खुर्सानीका निर्देशक शिवहरी पौडेलसहित देबीराम र शिवहरी बैरागाी कलाकार संघको चुनाबी मैदानमा उत्रेका छन् । जीरे खुर्सानीले लामो समयदेखि पुरानै श्रृङ्खलाहरु दोहो¥याउँदै आएको छ । तीतोसत्य बन्द भईसकेको छ भने अन्य हाँस्यब्यङ्ग्य श्रृङ्खलाहरु कहिले बन्द हुने कहिले प्रशारणमा जाने गरिरहेका छन् । यही अबस्थामा, हाँस्यब्यङ्ग्य कलाकारहरु चुनाबी मैदानमा उत्रनुलाई अर्थपूर्णरुपमा हेर्न सकिन्छ ।

आउने २६ गते हुने चलचित्र कलाकार संघको चुनाबमा हाँस्यकलाकार कृष्ण ढुङ्गाना(कुम्ले काईँलो)ले महासचिव पदमा उमेदवारी दिएका छन् । हाँस्यब्यङ्य क्षेत्रका चर्चित कलाकार, कृष्ण ढुङ्गानाले महासचिब पदमा उमेदवारी दर्ता गराएका हुन् । यस्तै, जिरे खुर्सानी हाँस्यटेलिचलचित्रका पात्र असिनाप्रशाद–शिवहरी पौडेल, जिरेखुर्सानीकै अर्का पात्र भोक लाग्यो–देबीराम पराजुली र पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेको–शिवहरी बैरागीले सदस्यमा नाम दर्ता गराएका छन् ।

महासचिवका दाबेदार हाँस्यकलाकार कृष्ण ढुङगाना, यसअघि नै टेलिभिजन कलाकर्मी मंचका अध्यक्ष रहीसकेका छन् । उनले, मंचमा २ कार्यकाल अध्यक्ष पदमा रही कार्यभार सम्हालेका हुन् । उनी कलाकारितासँगै, लामो समयदेखि वकालती पेशामा आबद्ध छन् । यस्तै, चर्चित हाँस्यकलाकार शिवहरी पौडेलले, हाँस्यटेलिचलचित्र जीरेखुर्सानीमा निर्देशन तथा अभिनयसँगै अन्य टेलिचलचित्र तथा चलचित्रहरुमा अभियन गरेका छन् । छ एकान ६ उनले खेलेको पछिल्लो ठूलो पर्दाको चलचित्र हो । उनी नेपाल सरकारका उच्च तहका, रिटायर्ड कर्मचारी हुन् । 

देबीराम पराजुली, लामो समयदेखि नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रमा योगदानरत छन् । उनी जीरेखुर्सानी हाँस्यब्यङ्ग्य चलचित्रका चर्चित पात्र हुन् ।

यसैगरी सदस्यका अर्का दाबेदार, शिवहरी बैरागीको मुख्य पेशा औषधी ब्यवसाय भए पनि , लामो समयदेखि हाँस्यब्यङ्ग्यमा आबद्ध छन् । यसरी, हाँस्यब्यङ्ग्य श्रृङ्खलाहरु बन्द की निरन्तरताको संघारमा रहेका बेला, खारिएका हाँस्यकलाकारहरुको उमेदवारीलाई महत्वपूर्णरुपमा हेर्न सकिन्छ ।
संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा भने,  लय संग्रौला, रामकेशर बोगटी र बिशाल बिष्टले उमेदवारी दिएका छन् । उपाध्यक्षमा मनोज केसी, रेजिना उप्रेती, सानुकुमार ताम्राकार र जेनी कुवंर प्रतिष्पर्धामा छन् । महासचिव पदका लागि कृष्ण ढुंगाना, उत्तम केसी र सरिता लामिछानेको उमेदवारी परेको छ । सचिवमा संजय खतिवडा र चेतबहाजुर सिंहले प्रतिष्पर्धा गर्दैछन् । उमेद्वारी दर्ता गराउन दिईएको अन्तिम समय शनिबार सम्ममा, कोषाध्यक्ष पदका लागि बिमला केसी र आकाश खवासले नाम दर्ता गराएका छन् । यसैगरी, १० सदस्य पदका लागि १९ जनाको उमेदवारी परेको छ । निर्वाचनले २१ जनाको नयाँ कार्यसमिती चयन गर्नेछ । १ जना उपाध्यक्ष र ३ जना सदस्य निर्वाचित कार्यसमितीले मनोनयन गर्नेछ ।

यस पटकको निर्वाचनमा ५ सय ७० जना मतदाता सहभागी हुने बर्तमान अध्यक्ष नवल खड्काले जानकारी दिएका छन् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live