Radio Audio Program

Find us on Facebook

News

​अभिनेताको पनि नेता बन्न कृष्ण ढुंगानाको यस्तो प्रतिबद्धता ।

​अभिनेताको पनि नेता बन्न कृष्ण ढुंगानाको यस्तो प्रतिबद्धता ।

मंसीर, काठमाण्डौँ । आउँदो शनिबार नेपाल कलाकार संघको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । निर्वाचनका लागि अहिले कलाकारहरु नेता बन्ने दौडमा लागेका छन् । अध्यक्ष पदका लागि मात्र रामकेशर बोगटी, विशाल विष्ट र लय संग्रौलाको उम्मेद्वारी परेको छ । यस्तै अर्को महत्वपूर्ण महासचिव पदका लागि पनि दुई जनाबीच कडा प्रतिश्पर्धा हुने भएको छ ।

महासचिवका लागि टेलिफिल्मबाट धेरैको मन जितेकी कलाकार सरिता लामीछाने र टेलिभिजन कलाकर्मी मञ्चको अध्यक्ष भइसकेका कृष्ण ढुंगाना चुनावी मैदानमा उत्रिने भएका छन् । कलाकारको संघ भएकाले कलाकर्मीलाई मत दिन सरिता लामीछानेले आग्रह गर्दै आएकी छिन् । यता, कृष्ण ढुंगानाले भने आफु महासचिव भएमा गर्ने काम र यस पदका लागि योग्य रहेको कुरा यसरी बताएका छन् ।

१. २५ बर्षदेखि चलचित्र क्षेत्रमा काम गरेर अनुभव बटुलेको मान्छे हुँ । मैले जुनियर देखि सिनियर कलाकारसम्मको भावनालाई बुझेको छु । उनीहरुको भावनालाई एकिकृत रुपमा सम्बोधन गर्न म सक्षम छु ।

 

२. मैले आफुले टेलिभिजन कलाकर्मी मञ्च स्थापना गरेर ५ बर्षसम्म अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव छ । त्यसैले कलाकार संघको महासचिव पदमा रहेर गतिला काम गर्न सक्छु भन्ने विश्वास छ ।  

 

३. कलाकारहरुको बिमा गर्न सकिएको छैन, यो व्यवस्था जसरी भएपनि लागु गराएरै छाड्छु ।  

 

४. कलाकारहरुलाई सम्बन्धको आधारमा मात्र पुरस्कृत तथा सम्मान गर्ने परिपाटि देखिएको छ । त्यसलाई तोडेर योगदानको आधारमा पुरस्कृत र सम्मानित हुने ब्यवस्था मिलाउँछु ।

 

५. हाम्रो आफ्नै नाममा जग्गा छैन । त्यसकारण पनि जग्गालाई भाडामा लिएर हुन्छ वा किनेर त्यसमा भवन बनाउनु मेरो प्रमुख एजेण्डा हो ।

 

६. कलाकारहरु पारिश्रमिकबाट बञ्चित बन्नुभएको छ अथवा कसैबाट पिडित हुनुपरेको छ भने त्यो पिडालाई कम गर्नको लागि कलाकार संघबाट अहम भुमिका निर्बाह गर्नेछु ।

 

७. महासचिव पद भनेको प्रशासनिक पद हो कानुनी पद हो । यसको लागि सबै कुरामा सक्रिय रुपमा सहभागी भईराख्नु पर्ने भएकोले, यसमा कानुनको ज्ञान पनि भएको मान्छे चाहिने भएकाले मैले आफुलाई योग्य मानेको हुँ ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live