Radio Audio Program

Find us on Facebook

News

परिवारसहित अमेरिका पुगेका दिलिप, समुन्द्र तटमा कस्लाई फकाउँदै (भिडियोसहित)

परिवारसहित अमेरिका पुगेका दिलिप, समुन्द्र तटमा कस्लाई फकाउँदै (भिडियोसहित)

मंसीर, काठमाण्डौँ । 
दर्पणछाँया, लहना, शहिद गेटलगायत दर्जनौँ फिल्म हिट फिल्म दिएका दिलीप रायमाझि सिने क्षेत्रमा चलेको नाम थियो । दर्शकमा देखिएको नयाँ स्वादको चाहानाले दिलीपको लोकप्रीयता घट्दै गएपछि उनी परिवारसहित अमेरिका पुगेका छन् । परिवारसहित अमेरिका पुगेका दिलीप नाच्न जान्ने नायकको रुपमा सिने क्षेत्रमा चिनीएका कलाकार हुन् । अमेरिका पुगे पनि दिलीपले आफ्नो कला देखाउन कञ्जुस गरेका छैनन् । अमेरिका पुगेर दिलीपले अभिनय गरेको एउटा म्युजीक भिडियो भर्खरै बाहिरीएको छ ।  
निर्देशक सुरेस दर्पण पोखरेलले  गायक मुरारी भट्टराईको ‘कहिले काँही’ बोलको गीतमा अभिनय गराएका हुन् । सम्भवत पहिलो पटक अमेरिकाको क्यलिफोर्नियाका रोमाञ्चक दृश्यहरुलाई नेपाली गीतमा समाबेश गरिएको छ । अधिकाँश हलिवूड फिल्महरुमा देखिने गोल्डेन गेट बृजमा पनि दिलीप रायमाझी एकजना केटीलाई फकाईरहेका देखिन्छन् । भिडियोमा दिलिपले फकाइरहेको मोडल निला शाही हुन् । विकास चौधरीको संगीत रहेको यस गीतमा गायक भट्टराईलाई गायिका जुनु रिजालले साथ दिएकी छिन् । गीतलाई चिरञ्जीवी कोइरालाले लेखेका हुन् । भिडियोलाई निर्देशक सुरेश दर्पण पोखरेल आफैँले खिचेका हुन् । हेर्नुहोस् भिडियो । 

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live