Radio Audio Program

Find us on Facebook

News

ज्योतिसँग रोमान्स गर्दा यसरी फसे हर्के हवल्दार । (भिडियोसहित)

ज्योतिसँग रोमान्स गर्दा यसरी फसे हर्के हवल्दार । (भिडियोसहित)

मंसीर २३, काठमाण्डौँ । नेपाली संगीत क्षेत्रमा ज्योति मगर परिचित नाम हो । गायिकासँगै मोडल परिचय पनि थपेकी ज्योति चर्चा र विवादमा आउन सिपालु छिन् । स्टेज कार्यक्रम होस् वा म्युजीक भिडियो नै किन नहोस् ज्योति छोटा पहिरनका कारण चर्चा र विवादमा आउने गर्छिन् । ज्योतिको आलोचना गर्नेहरु पनि उत्तिकै छन् । यद्यपी, उनले अभिनय गरेका गीतहरुले युट्युबमा गतिलो दर्शक पाइरहेका छन् । त्यसैले ज्योति मगरलाई लिएर म्युजीक भिडियो बनाउने क्रम झनै बढेको छ ।

यस्तै क्रममा ज्योतिको नयाँ गीत बाहिरीएको छ । जसमा ज्योती मगर र बिष्णु सापकोटा अर्थात कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम हर्के हवल्दारका हर्केको अभिनय रहेको छ । गोली ठोक्नु पर्ने बोलको गीतमा विदेश जान लागेका युवालाई पैसाको लागि युवतिले फसाएको कुरा समेटिएको छ । खुमन थापा मगर र सम्झना लामिछाने मगरको स्वर रहेको गीतलाई कमल जि.सी. ले लेखेका हुन् ।

हेर्नुहोस् भिडियो ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live