Radio Audio Program

Find us on Facebook

News

​दश वर्षपछि कर्ण दास किन भन्दै छन्, जिन्दगीको के भरोसा ?

​दश वर्षपछि कर्ण दास किन भन्दै छन्, जिन्दगीको के भरोसा ?

मंसीर २२, काठमाण्डौँ । पोखरामा जन्मीएका हुन्, कर्ण दास । नेपाली साँगीतिक क्षेत्रको एउटा उचाईमा पुगिसकेका कर्ण दास पहिलो गीत जिन्दगीको के भरोसाबाट नै चर्चामा आए । करिब एक दशक अघि उनले गाएको उक्त गीत अहिलेसम्म पनि श्रोतामाझ प्रिय छ । सात वटा गीति संग्रह निकालीसकेका कर्णदासका ठूला ठूला महल होइन, पुरानो ढुंगालगायतका गीत पनि लोकप्रीय छन् । गीत गाएर नै वि.सं २०५४ साल यता कर्ण दासले दर्जनौँ पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् । त्यी सम्मान र पुरस्कारलाई नै कर्ण दासको लोकप्रीयता नाप्ने कडिको रुपमा लिन सकिन्छ ।

यी लोकप्रीय गायक कर्ण दासले आफ्नो जन्म स्थान पोखरामा प्रत्यक्ष गुञ्जने भएका छन् । भूकम्पले क्षतिग्रस्त बनाएको भवनको पून निर्माण सहयोगार्थ उनले पोखरामा कार्यक्रम गर्ने भएका हुन् । पुस ११ गते पोखराको सभागृहमा उनको एकल गायन सुन्न सकिनेछ । एकल गायनका क्रममा उनले आफ्ना चर्चित र लोकप्रीय गीतहरुलाई फेरी एक पटक प्रत्यक्ष श्रोता र दर्शकमाझ गाउने छन् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live