Radio Audio Program

Find us on Facebook

News

​नेता बन्ने होडबाजीमा कलाकार, को को लड्दैछन् चुनावी मैदानमा ?

​नेता बन्ने होडबाजीमा कलाकार, को को लड्दैछन् चुनावी मैदानमा ?

मंसीर २१, काठमाण्डौँ । कलाकारहरुको छाता संगठन नेपाल कलाकार संघको १४ औँ वार्षिक साधारण सभा मंसीर २६ गते हुने भएको छ । नेपाल पुलीस क्लबमा हुने साधारण सभाले संघको नयाँ कार्यसमिति चयन गर्नेछ । साधारण सभाको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गर्ने तयारी छ । नयाँ कार्यसमितिको विभिन्न पदमा हुने चुनावमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । संघको नयाँ अध्यक्ष पदका लागि मात्र यस पटक तीन जनाको उम्मेद्वारी परेको छ । नयाँ नेतृत्वका लागि राम केशर बोगटी, विशाल विष्ट र लय संग्रौलाको उम्मेद्वारी परेको हो ।

दुई उपाध्यक्ष पदका लागि सानु ताम्राकार, मनोज केसी, रेजीना उप्रेती, जेनी कुवँरको उम्मेद्वारी परेको छ । यस्तै महासचिवमा सरिता लामिछाने र कृष्ण ढुंगाना चुनावी मैदानमा उत्रीने पक्का भएको छ । सचिवका लागि सञ्जय खतिवडा र चेतबहादुर सिंहविच प्रतिस्पर्धा हुने भएको छ । संघको सहकोषाध्यक्षमा भने नन्दिता केसी निर्विरोध चयन हुने भएकी छिन् । अन्य कुनै प्रतिद्धन्द्धीले उम्मेद्वार नदिएकाले उनी निर्विरोध चयन हुने भएकी हुन् ।

१० सदस्य पदका लागि गजित बिष्ट, अशिष्मा नकर्मी, सविन श्रेष्ठ, जीवन थापा, दिव्यश्वर गौतम, सोमबहादुर तामाङ, सुनिल कटवाल, शिवहरी पौड्याल, वी एम स्याङतेन, शिवहरी नेपाल, धनबहादुर बमजन, शारदा नेपाल, रामेश्वर वुर्लाकोटी, विष्णुप्रसाद सापकोटा, जीतेन तामाङ, रश्मी भट्ट, कविता गेलाल शर्मा, पनाह अधिकारी, देविराम पराजुलीले उम्मेदवारी दिएका छन् । २१ सदस्य रहने कार्यसमिती निर्वाचनमा ५ सय ७० कलाकारले मतदान गर्ने छन् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live