Radio Audio Program

Find us on Facebook

News

कलाकारको नेता बन्न यसकारण योग्य छु : लय संग्रौला

कलाकारको नेता बन्न यसकारण योग्य छु : लय संग्रौला

मंसीर २१, काठमाण्डौँ । मंसीर २६ गते कलाकारहरुको छाता संगठन नेपाल कलाकार संघको १४ औँ वार्षिक साधारण सभा गर्ने तयारी छ । नेपाल पुलीस क्लबमा हुने साधारण सभाले संघको नयाँ कार्यसमिति पनि चयन गर्नेछ । नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि यस पटक तीन जनाको उम्मेद्वारी परेको छ । नयाँ नेतृत्वका लागि राम केशर बोगटी, विशाल विष्ट र लय संग्रौलाको उम्मेद्वारी परेको हो । यस्तै अन्य पदमा पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ । संघको नेतृत्वका लागि उम्मेद्वारी दिनेहरुले आफ्नो अनेक प्रतिज्ञाहरु व्यक्त गरिरहेका छन् । आज हामीले कलाकार संघको अध्यक्षका उम्मेद्वार कलाकार लय संग्रौलासँग कलाकारको नेता बन्ने योग्यता एवं अध्यक्ष भएमा गर्ने कामका बारेमा सोधेका छौँ ।

१. कलाकारको नाममा वर्षौँदेखि संघ चलेको छ तर संस्थागत अझै भएको छैन । यसलाई संस्थागत गर्न पाको र पुरा समय दिन सक्ने व्यक्तिको खाँचो छ । म निवृत्त भइसकेको छु, कलाकारीताको अनुभवले पाको बनेको हुँ । त्यसैले म जस्तो व्यक्तिको नेतृत्व संघलाई चाहिएको छ ।

 

२. कलाकारले अरुलाई धनी बनाइरहेका छन् । तर, त्यीनै कलाकारको संघ भने गरिब संस्थाको रुपमा रहेको छ । कलाकारहरुको सहयोगमा वृहत कन्र्सट गरेर आर्थिक संकलन गर्नु मेरो पहिलो कार्य हुनेछ । यो कार्यले संस्थालाई आर्थिक रुपमा केहि बलियो बनाउने मेरो अपेक्षा छ ।

 

३. संघप्रति आर्कषण बढ्नुको सट्टा घट्दै गएको छ । नाम चलेका कलाकारहरुमा नैराश्यता छाएको छ । नयाँ पुराना सम्पूर्ण कलाकारलाई एक ढिक्का बनाएर सक्रिय बनाउने कार्यक्रमहरुको अभाव छ । त्यसलाई पूर्ति गर्दै कलाकारलाई एक ठाउँमा उभ्याउन मेरो आवश्यकता छ ।

 

४. कलाकारलाई  देशको गहनाको उपमा दिइएको छ । तर, त्यी गहनाहरु थन्क्याउने गतिलो दराज (घर) छैन । कलाकारहरुको यति ठूलो संघको लागि एउटा घरको खाँचो छ । सरकारसँग वार्ता वा झगडा नै गरेर किन नहोस् जग्गा दिलाउनु मेरो मुख्य काम हुनेछ ।

 

५. कलाकारीता क्षेत्रमा लागेर जीवन बिताएकाहरुले गर्व गर्न सक्ने अवस्था छैन । बुढेसकालमा कलाकारहरुले दुख मनाउ गर्ने अवस्थाबाट मुक्त गराउने पहल मेरो तर्फबाट हुनेछ ।  

 

६. कलाकार संघको नेतृत्व गरे वापत विभिन्न पुरस्कार र सम्मानहरु मिल्ने गर्छन् । संघको लागि गरेको योगदानबारे छानबीन बिना नै त्यस्ता सम्मान दिइनु हुँदैन । यस्तो संस्कार बसाउन पनि संघलाई मेरो खाँचो देख्छु ।

 

७. कलाकारले काम गरे पनि पैसा नपाएको समस्या थुप्रै सुनिन्छ । त्यसको विरुद्ध संघले लड्नु पर्ने हो । तर, त्यो हुन सकिरहेको छैन । मेरो नेतृत्व पाउने बित्तिकै संघले कलाकारका यी समस्या समाधानमा सहयोग गर्नेछ ।

 

८. कतिपय कलाकार छाँयाकनका क्रममा घाईते हुन्छन् । दुर्घटनामा परी मृत्यु नै भएपनि बिमाको सुविधा छैन । सम्बन्धित निकायलाई दबाव दिएर कलाकारको बिमा गर्ने विषयमा म संघको अध्यक्ष भएलगत्तै पहल गर्नेछु ।

 

९. बिरामी कलाकारलाई दिइरहेको सुविधामा वृद्धि गर्ने मेरो योजना छ । कला क्षेत्रमा जीवन त्याग गरेकाहरु बिरामी पर्दा कुनै सहयोग प्राप्त हुँदैन । यो अवस्थालाई सुधारी छाड्नेछु ।

 

१०. र, भोट बैंकको लागि गैरकलाकारलाई सदस्यता बाँढेर नेतृत्व हत्याउने परम्परा गलत छ । सेलिब्रेटीको संस्थाले यस्तो गर्नु असोभनीय हुन्छ । विशुद्ध कलाकारको मतबाटै संघको पदाधिकारी चयन हुनु पर्ने मेरो मुख्य मुद्धा हो । 

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live