Radio Audio Program

Find us on Facebook

News

फिल्म हेर्न गएका प्रचण्ड यसरी झुक्कीए, चिनेन् दिपाश्री निरौलालाई (भिडियोसहित)

फिल्म हेर्न गएका प्रचण्ड यसरी झुक्कीए, चिनेन् दिपाश्री निरौलालाई (भिडियोसहित)

मंसीर, काठमाण्डौँ । चलचित्र वडा नम्बर ६ हेर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कमलादीस्थीत सिटीसेन्टर पुगेका थिए । एमाले नेता माधव नेपालको देब्रेतिर बसेका प्रचण्ड एकाएक उठे । माधव नेपालसँग ठाउँ सर्न आग्रह गरे । दाहिनेतर्फ बसेर ठट्यौली गर्दै उनले भने बल्ल सिद्धान्तअनुसार बसाई मिल्यो । मधेश आन्दोलन र नाकाबन्दीले गाँजेको समयमा उनीहरु वडा नम्बर ६ हेरीरहेका थिए ।

बैठक छाडेर फिल्म हेर्न गए प्रचण्ड भन्दै समाचार आइरहेको समयमा नेताहरु फिल्म हलमा धेरै समय टिक्न सकेनन् । यद्यपी, प्रचण्ड र माधव नेपालले वडा नम्बर ६ को आधा भाग हेर्ने धैर्य गरे । पुरै हेर्न नपाएकोमा दुखी हुँदै बाहिरीने क्रममा प्रचण्डले दिपाश्री निरौला ठानेर एक जनालाई धाप मारेरै बधाई दिए । बधाई पाउनेमा दिपाश्री निरौलाकी बहिनी रानु थिईन् ।

उस्तै अनुहार, मधुरो बत्ति र हतारीएको भएकाले पनि प्रचण्ड झुक्कीएका हुन् । जब प्रचण्डले बधाई गलत व्यक्तिलाई दिएको थाहा पाए तब उनले भने यो पनि एउटा नाटकै भयो । व्युटिसीयन रानु दिपाश्रीका पाँच दिदी बहिनी मध्ये चौथो हुन् ।

हेर्नुहोस् भिडियो ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live