Radio Audio Program

Find us on Facebook

News

२६ लागिन् आर्यनकी पत्नी, बाल्यकालमा यस्तो सोच्थीन् ।

२६  लागिन् आर्यनकी पत्नी, बाल्यकालमा यस्तो सोच्थीन् ।

मंसंीर २०, काठमाण्डौ ।
अभिनेता आर्यन सिग्देल नेपाली सिने क्षेत्रका चर्चित र स्थापित कलाकार मानिन्छन् । सिने जगतमा निकै चर्चा र फ्यान बटुलेका आर्यनको प्रतिक्षित चलचित्र क्लासीक माघमा आउँदैछ । उनका थोरै फिल्मले सफलता पाए पनि युवा पुस्तामा भने उनको लोकप्रीयता व्यापक देखिन्छ । चकलेटी नायक मानीने आर्यनका केटी फ्यान पनि कम छैनन् । यद्यपी उनले आफ्नो प्रेमलाई सम्मान गर्दै सपना भण्डारीसँग विवाह गरे । 


सपना पनि सुन्दरतामा कुनै अभिनेत्री भन्दा कम छैनन् । पढाईमा पनि अब्बल छिन् । ह्वाईट हाउस कलेजबाट व्यवस्थापनमा मास्टर गर्दै गरेकी सपनाले हिजो आफ्नो जन्मदिन मनाईन् ।  सन् १९८९ मा जन्मेकी सपनाले आफ्नो २६  औँ जन्म दिन मनाएकी हुन् ।

उमेर बिस्तारै बढ्दै जाँदा उनी आफ्नो बाल्यकाललाई निकै सम्झने गर्छिन् । भन्छिन्," सानो हुँदा कहिले ठूलो बन्ने होला जस्तो लाग्थ्यो । ठूलो भएपछि फेरी सानो हुन पाए भन्ने जस्तो मात्र लाग्छ ।"

आर्यन र सपना एक अर्काको निकै ख्याल राख्ने गर्छन् । एकले अर्काको सुख र दुख दुबै बाँड्छन् ।  प्रेमपछि विवाह गरेकाले पनि होला निकै रोमान्टीक र राम्रो जोडी छ आर्यन र सपनाको । हेर्नुहोस् आर्यन र सपनाका केहि तस्वीरहरु ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live