Radio Audio Program

Find us on Facebook

News

​निश्चल र फिल्म समिक्षकको शितयुद्ध, कसले के भन्यो ?

​निश्चल र फिल्म समिक्षकको शितयुद्ध, कसले के भन्यो ?

मंसीर २०, काठमाण्डौँ । मंसीर ११ देखि प्रर्दशनमा आएको चलचित्र कबड्डी कबड्डी दोश्रो सातामा प्रर्दशन भइरहेको छ । चलचित्र प्रर्दशन भएकै दिन चलचित्र समिक्षक विष्ण शर्माले एउटा अनलाईनमा कबड्डी कबड्डीको समिक्षा प्रकाशन गराएका थिए । समिक्षाको निश्कर्ष स्वरुप उनले लुट र निश्चल बस्नेतको ह्याङओभरबाट नेपाली फिल्म बाहिर निस्कनु पर्ने उल्लेख गरेका थिए ।

चलचित्र दोश्रो सातामा प्रवेश गरेको अवसरमा शर्माको अर्को समिक्षा पनि प्रकाशन भयो । समिक्षाप्रति टिप्पणी गर्दै निश्चल बस्नेतले आफ्नो फेसबुकमा यस्ता शब्दहरु लेखेका छन् ।

उनको यो टिप्पणीप्रति केन्द्रित हुँदै समिक्षक विष्णु शर्माले आफ्नो समाचार सेयर गर्दै कमेन्ट बक्समा यसरी रिस पोखेका छन् ।

Bisnu Sharma आफ्नो फिल्म आफै राम्रो भन्ने निश्चल भाईलाई भन्नु केही छैन । उनको चुनौति खुलेर स्वागत छ ।उनी मान्छे हुन्, उनलाई देवत्वकरण नगरौं प्लिज ।

चलचित्र समिक्षक विष्णु शर्मा र निश्चल बस्नेतको यो जुहारीलाई साम्य गर्न दिपकराज गिरीले आफ्नो विचार यसरी पोखेका छन् ।

Deepak Raj Giriयो बिबादलाइ थॉति राख्नु उत्तम हो कि ?
आफ्नो चलचित्र लाइ केहि नराम्रो भन्यो कि उफ्रने प्रबृति र समिक्षकले आफूलाइ लागेको धारणा नै सर्वमान्य हो भन्नेठान्ने प्रबृति दूबै गलत हो ।
यो बर्ष ७ महिनामा ७ फिल्म हिट भो यो अत्यन्त सुखद कुरा हो कबड्डी कबड्डी कमज़ोरी बिनाको फिल्म होइन कमज़ोरी छ वडा नम्मर छ लगायतका अरू सबै कमजोरी सहितकाचलचित्र हुन......यॉहा कोहि ब्यक्ति सबैले राम्रो राम्रो भनेको सुन्दा सुन्दा नराम्रो सुन्नै नसक्ने भए, कोहि नराम्रो होभनेर लेखेर आफूलाइ भिन्न कोटीको साबित गर्न खोज्ने...
यो संसार जो जीता वो सिकंदर वाला हो... तर real सिकंदर त्यो हो जस्ले केहि आलोचना पनि सुन्न सक्छ

यस्तो छ बिष्णु पौडेलले गरेको समिक्षा । 

किन चल्यो कबड्डी कबड्डी?

कस्तो छ कबड्डी कबड्डी ? समीक्षा :हिरोविरुद्ध हिरो

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live