Radio Audio Program

Find us on Facebook

News

​७१ दिनपछि वडा नम्बर ६ मा भेटिए, प्रचण्ड र माधव नेपाल । (फोटो फिचर)

​७१ दिनपछि वडा नम्बर ६ मा भेटिए, प्रचण्ड र माधव नेपाल । (फोटो फिचर)

मंसीर, काठमाण्डौँ । पार्टी फरक, विचार फरक भएपनि नेकपा एमाले र एमाओवादी अहिले सत्तासाझेदार बनेका छन् । मुख्य दलको छलफल र वार्तामा बाहेक हत्तपत्त सँगै नदेखिने यी दुई पार्टीका नेताहरु घनिष्ठ साथी भएका छन् । उनीहरुको घनिष्ठतालाई अझै बढाउन वडा नम्बर ६ ले विशेष कार्यक्रमको आयोजना गर्यो । शुक्रबार साँझ भएको कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपाल एकै ठाउँमा बसेर फिल्म हेरे ।

चलचित्र वडा नम्बर ६ ले ७१ दिन मनाएको अवसरमा प्रचण्ड, माधव नेपालसँगै राप्रपाका सुनिल बहादुर थापा पनि सँगै देखिए । सुनिलले पुरै चलचित्र हेरे भने प्रचण्ड र माधव नेपाल वार्ताको लागि भन्दै आधा फिल्म हेरेर बाहिरीए । फिल्मका कतिपय संवादमा प्रचण्ड र माधव नेपाल देशको समस्या एकैछिनलाई भुलेर खुब मज्जाले हाँसीरहेका थिए । 


मधेसी मोर्चासँगको महत्वपूर्ण वार्ता रहेकाले फिल्म पुरै हेर्न नपाएको दुख व्यक्त गर्दै उनीहरुले समय मिलाएर पुरै फिल्म हेर्ने वाचा गरेका छन् । जनयुद्धको कथालाई रमाईलो ढंगले प्रस्तुत गरिएको वडा नम्बर ६ आफुहरुलाई रमाईलो लागेको उनीहरुको प्रतिक्रिया थियो । चलचित्रले ७१ दिन मनाएको अवसरमा विशेष शोको साथमा साँझ रात्री भोज र सम्मान कार्यक्रमको समेत आयोजना गरिएको थियो । चलचित्रको विशेष शोलाई हेर्नुहोस् फोटो फिचरमा ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live