Radio Audio Program

Find us on Facebook

News

संचारकर्मी तथा गायिका शोभा त्रीपाठी सम्मानित

संचारकर्मी तथा गायिका शोभा त्रीपाठी सम्मानित

मंसीर १८, काठमाण्डौँ । संचारकर्मी तथा गायिका शोभा त्रीपाठीले संचार र कला क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप सम्मानित भएकी छिन् । उनलाई आज राजधानीमा बुस्टर मिडियाले सम्मान गरेको हो । कला साहित्य तथा अन्य क्षेत्रमा रही समाजलाई योगदान पुर्याउने उनीसहित ११ जनालाई बुस्टर मिडियाले दोस्रो बार्षिक उत्सबको उपलक्ष्यमा सम्मान गरेको हो ।

शोभा, एक दशकदेखि निरन्तर गायन तथा संचार क्षेत्रमा आबद्ध छिन् । उनले, लामो समयसम्म टेलिभिजनमा लोकभाका,लोकसंस्कृतीसम्बन्धी कार्यक्रम गरी यसको जगेर्नामा महत्वपूर्ण योगदान दिएकी छन् । दर्जनौँ गीतमा मोडलिङसमेत गरेकी सोभाको स्वर पनि निकै मीठो छ । उनी अहिले आफ्नो आधुनिक गीतको एल्बम निकाल्ने तयारीमा ब्यस्त छिन् । यस्ता सम्मानले, आफुमा उर्जा थपेको बताउदै उनले, कला र संचार क्षेत्रमा आफ्नो योगदान निरन्तर रहने जनाएकी छिन् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

 

Post Comment

Radio Audio Live