Radio Audio Program

Find us on Facebook

News

​फन्कोमा ठुङ्गाठुङ्ग गर्ने गीत (शब्द र अडियोसहित)

​फन्कोमा ठुङ्गाठुङ्ग गर्ने गीत (शब्द र अडियोसहित)

मंसीर १८, काठमाण्डौँ ।
माघ १ देखि प्रर्दशनमा आउने तयारी रहेको चलचित्र फन्को अहिले चर्चामा छ । चलेका कलाकार, गतिला निर्देशक, सार्वजनिक ट्रेलर र गीत संगीतले फन्कोलाई अझै चर्चित बनाएको छ । प्रियंका कार्की, केकी अधिकारी, दयाहाङ राई, सौगात मल्ल, अनुप बराललाई टे«ेलरमा देखाइएको छ । सुर्वण थापा निर्देशीत फन्कोमा रहेका कलाकारलाई हेर्दा कथावस्तु गतिलो भएको खण्डमा गतिलै व्यापार गर्ने अपेक्षा गरिएको छ । चलचित्रको ट्रेलर हेरेर नै कतिपयले फन्कोको प्रर्दशन मिति माघ १ लाई दिमागमा राखिसकेका छन् । यस अघि सार्वजनिक भएको लोकल ब्युटी बोलको गीत र प्रोमोलाई दर्शकले खुब मन पराएका छन् । यस्तो छ ट्रेलर ।

अहिले फेरी चलचित्र फन्कोमा समावेश फरक स्वादको गीत बाहिरीएको छ । राजेन्द्र थापाको शब्द रहेको ठुङ्दे बोलको गीतमा चेतन सापकोटा र रेस्मा सुनुवारको स्वर छ । नरेन्द्र महर्जनको लगानीमा निर्माण भएको फन्कोमा चेतन सापकोटाकै संगीत छ । ठुङ्गे बोलको गीतका शब्द यस्ता छन् ।
ए आँखा तलाई कोहि मत्याउँछ भने
ठुङ्दे, ठुङ्दे, ठुङ्दे, ठुङ्दे  
ए मन तलाई कोहि पत्याउँछ भने  
ठुङ्दे, ठुङ्दे, ठुङ्दे, ठुङ्दे  
बास्ना चल्छ भने सुङ्दे, ओठ फल्छ भने
चुम्दे, चुम्दे, चुम्दे, चुम्दे
मौकामा चौका हान, हान, हान ।
बल्छीले माछि तान, तान, तान
जवानीमै हुन्छ बैमानी, जान जान
ए जवानी तलाई कोहि मत्याउँछ भने
मात्दे, मात्दे, मात्दे, ठुङ्दे, ठुङ्दे, ठुङ्दे ।
बैंशको आगो बाल, बाल, बाल
आगोमै पेट्रोल हाल, हाल, हाल
बलेकै बेला यो मायाको झिल्का फाल, झिल्का फाल
ए कलेजी तलाई कोहि तताउँछ भने
तात्दे, तात्दे, तात्दे, ठुङ्दे, ठुङ्दे, ठुङ्दे  

गीत सुन्नुहोस् तस्वीरहरु हेर्नुहोस

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live