Radio Audio Program

Find us on Facebook

News

​संगीत कर्ममा लागेकी एक महिलाको संघर्ष कथा ।

​संगीत कर्ममा लागेकी एक महिलाको संघर्ष कथा ।

टाढा – टाढा भागी हिडेँ याद बनी आईरह्यो ।
आँखा चिम्ली भुल्न खोजेँ परेलीमा छाईरह्यो ।

गायिका मनुता काङ्बाङको स्वरमा यी शब्दहरु साह्रै मीठो सुनिएको छ । केही समय अघि सार्वजनिक यो एल्बम आवाजमा निक्कै मीठा गीत समावेश छन् । आवाज  पहिलो एल्बम भएपनि उनले, यसअघि थुप्रै गीतमा स्वर दिईसकेकी छिन् । अरुणा लामालाई सुन्दै हुर्केको बताउने मनुता, परम्परागत भाषा र संस्कृतीलाई बढो माया गर्छिन् । उनलाई लोकगीत, पुर्वेली भाकाहरुले छुन्छ । संस्कृतीमा रुची भएकैले, मनुताले लिम्बु भाषाका गीत गाउनुका साथै अभिनय पनि गरेकी छिन् । अहिले हङकङ बस्दै आएकी मनुताले हामीसँग, छिट्टै दोस्रो एल्बम ल्याउने बताएकी छिन् ।

गायिका मनुतालाई अहिले गाउन र एल्बम निकाल्न खासै अप्ठ्यारो छैन । तर, पहिलेको अवस्था भने अर्कै थियो । उनी २०६३ साल ताका गायिका बन्ने रहरले, पाँचथरबाट काठमाण्डौ आईन् । संगित सिकिन् । केही गीतमा अफर आयो । गाईन् पनि । तर, अचम्म ती गीतहरु पछि अरुकै स्वरमा आए । यसले उनलाई हत्तोसाही पनि बनायो । तिनीहरुको मेख मार्न, आफ्नै एल्बम निकाल्ने पैसा उनीसँग थिएन । त्यसैले केही रकम जोहो गर्न काम खोजिन् । गोर्खा एफएम्मा काम गरिन् । नेपाल टेलिभिजनमा काम गरिन् । संगितको सिकाईलाई निरन्तरता दिईन् । रेडियोमा लिम्बु भाषा सँगै मनोरञ्जनात्मक कार्यक्रम चलाउने उनको फ्यान बढ्दै गयो । आफुलाई चाहिने मानिससँगको चिनजान बढ्दै गयो । अनुहार र ज्यानले साथ दिएकोले हुनुपर्छ, उनलाई, केही गीतमा मोडलिङ गर्ने मौका पनि मिल्यो । एकचोटी हरेस खाईसकेकी मनुतामा फेरी उर्जा आयो । त्यसैले जन्माएको हो –आवाज ।
करियरको सुरुमा तनाब झेलेकी मनुतालाई, सिनियर कलाकारले नयाँ आउने कलाकारलाई, सहयोग गरिदिनु पर्ने जस्तो लाग्छ । तर, सबैले यस्तो सहयोग पाउँदैनन् । यस्तो बेला मन मारेर बस्नु भन्दा मेहेनत जारी राख्नु पर्ने मनुताले सिकिसकेकी छिन् । उनी यहाँसम्म आईपुग्नुमा उनको परिवार र श्रीमानको निक्कै ठूलो सहयोग छ । उनी भन्छिन् –परिवारको साथ नभएको भए , मेलापातमा गाईहिड्ने मनुताले एल्बम कसरी निकाल्थिन् ?

जुनसुकै क्षेत्रमा टिकिरहन गाह्रो छ । संगितको क्षेत्रमा पनि प्रतिष्पर्धा बढ्दो छ । मेहनत गरिरहन नसक्नेहरु बिलाई जान्छन् । मनुतालाई अझै,  मेहनत गरी राम्रा गीत रेकर्ड गराउने मन छ । युवापुस्ताले बिस्तारै संस्कृती बिर्सदै गएका बेला, मनुता भने यसको जगेर्ना गर्न लागिपरेकी छिन् । आउँदा दिनमा गायनमार्फत लोप हुन लागेका संस्कृतीलाई उजागर गर्ने उनको धोको छ । कुनै पनि काममा रुची र लगाब भए एक दिन अवश्य सफल भईनेमा उनी ढुक्क छिन् । मनुताले निर्माण थालेको दोस्रो एल्बमका लागि हाम्रो शुभकामना ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live