Radio Audio Program

Find us on Facebook

News

​अमेरीका पुगेका सुरेश दपर्णले देखाए त्यहाँको समस्या (भिडियोसहित)

​अमेरीका पुगेका सुरेश दपर्णले देखाए त्यहाँको समस्या (भिडियोसहित)

मंसीर १८, काठमाण्डौँ । चलचित्र विकास बोर्डका सदस्य एवं निर्देशक सुरेश दपर्ण पोख्रेल अहिले अमेरिकामा छन् । फिल्म सम्बन्धी अध्ययन गर्नका लागि अमेरीका पुगेका सुरेश अहिले म्युजीक भिडियो निर्देशनमा पनि व्यस्त देखिएका छन् । यस अघि नेपाल रहँदा उनले मिस यु, थ्री लर्भस, कसलाई दिउँ यो जोवन, भूल भए माफ गर, निशानालगायतका चलचित्र निर्देशन गरिसकेका छन् । अमेरिका गएपछि फिल्म निर्देशनको सट्टा उनी म्युजीक भिडियो निर्देशनमा व्यस्त देखिएका हुन् । एरेडियो अडियोसँग कुराकानी गर्दै सुरेशले अहिले सम्म पाँच वटा म्युजीक भिडियो निर्देशन गरिसकेको बताएका छन् । फिल्म निर्देशन गर्दा समेत विदेशका विभिन्न ठाउँमा पुगेर छाँयाकन गर्ने सुरेश अमेरीकामा म्युजीक भिडियो छाँयाकन गर्न पाउँदा मख्ख छन् ।

पछिल्लो समय उनले निर्देशन गरेको एउटा गीत बाहिरीएको छ । म्युजीक भिडियोमा उनले अमेरिकामा रहेका नेपालीको पारिवारीक माया प्रेम र विछोडको कथालाई देखाएका छन् । लोक गायक बिमल डांगीको शब्द, लय तथा श्रीयसी चेम्जोगंको स्वरमा सधै तिमीलाई भन्ने गितको म्युजीक भिडियो सत्य घटनालाई आधार मानेर तयार पारिएको बताइएको छ ।

बिन्दबासीनी म्युजिकको प्रस्तुती रहेको उक्त भिडियोमा पत्रकार सूर्य थापा, सरिता डांगी र ईत्ना कार्कीको अभिनय छ । शम्भु मोक्तानको छायांकन र भरत रेग्मीको सम्पादन रहेको गित न्यूयोर्कको बिभिन्न स्थानमा छांयाकन गरिएको हो ।

हेर्नुहोस भिडियो ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live