Radio Audio Program

Find us on Facebook

News

अचम्म, कबड्डी कबड्डीले दियो चकलेटलाई बधाई ।

अचम्म, कबड्डी कबड्डीले दियो चकलेटलाई बधाई ।

मंसीर १७, काठमाण्डौँ । चलचित्र चकलेटको प्रर्दशन मिति सार्न कबड्डी कबड्डीको दबाब भन्ने खबरले हिजो सिने क्षेत्र तातेको थियो । चकलेटकी निर्मात्री एवं नायिका पुजना प्रधानले आफु महिला भएकाले हेप्न खोजीएको भन्दै प्रर्दशन मिति सार्न दबाब आएको खुलासा गरेकी थिईन् । सामाजिक सञ्जाल फेसबुकमा उनले सानो सामाजिक कामका लागि सानै लगानीमा फिल्म निर्माण गरेको भन्दै यस्तो दबाब नदिन आग्रह पनि गरेकी थिईन् । पैसा कमाएर धनी बन्नका लागि नभई ५० जना असाय बालबालिकाको लागि बस्ने, खाने र पढ्ने सुविधासहितको भवन बनाउनका लागि फिल्म बनाएकाले प्रर्दशन मिति सार्न दबाब नदिन पुजनाले अपिल गरेकी हुन् । 

उनले यस्तो आरोपसहितको आग्रह गरेको केहि घण्टामा नै कबड्डी कबड्डीले चलचित्र चकलेटलाई सफलताको शुभकामना दिएको छ । कबड्डी कबड्डीले गतिलो व्यापार गरिरहे पनि मंसीर १८ देखि प्रर्दशनमा आउने फिल्म चकलेटलाई शुभकामना एवं बधाई दिएको हो । कबड्डी कबड्डीका निर्देशक रामबाबु गुरुङले चकलेटको ट्रेलर फेसबुकमा सेयर गर्दै बधाई दिएका हुन् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ  

Post Comment

Radio Audio Live