Radio Audio Program

Find us on Facebook

News

​कुमारीमा चल्ने भए ८० फिल्म, १० नेपाली चलचित्र भिड्ने भए एकैसाथ ।

​कुमारीमा चल्ने भए ८० फिल्म, १० नेपाली चलचित्र भिड्ने भए एकैसाथ ।

मंसीर १६, काठमाण्डौँ । काठमाण्डौँ अन्र्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को १३ औँ संस्मरणमा ८० चलचित्र प्रर्दशन हुने भएका छन् । मंसीर २४ देखि कुमारी हल कमलादिमा हुने महोत्सवमा २५ देशका चलचित्र प्रर्दशन हुने भएको हो । जसमध्ये १० चलचित्र नेपाली रहने छन् । पाँच दिने महोत्सवमा वृत्तचित्र, फिक्सन, एडभेन्चर, लघुचलचित्र, एनिमेसनलगायतका फिल्म प्रर्दशन हुनेछ । 

किम्फ महोत्सवमा भूकम्प र त्यसबारेमा बनेका फिल्महरूको विशेष प्रदर्शनी पनि गरिनेछ । तीमध्ये सर्वोत्कृष्ट तीन फिल्मलाई पुरस्कृत गर्ने आयोजक योजना छ । उत्कृष्ट हुने नेपाली फिल्मलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बताइएको छ । यस्तै अन्तर्रा्ष्ट्रिय विधामा पहिलो, दोस्रो र तेस्रो हुने फिल्महरुले क्रमश एक हजार पाँच सय डलर, एक हजार डलर र पाँच सय डलर पुरस्कार पाउने छन् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live