Radio Audio Program

Find us on Facebook

News

​पुजनाको चकलेट खान पाउँदा को को दंग ? (फोटोफिचर)

​पुजनाको चकलेट खान पाउँदा को को दंग ? (फोटोफिचर)

मंसीर १६, काठमाण्डौँ । हट नायिकाको छवि बनाएकी पुजना प्रधान निर्माता र लेखक एकैपटक भएकी छिन् । चलचित्र हिरोबाट अभिनय सुरु गरेकी पुजना पछिल्लो समय सामाजिक काममा सक्रिय छिन् । फलस्वरुप अहिले उनी सामाजिक कामको लागि सडक बालबालिकाको कथामा आधारीत फिल्म लिएर आएकी हुन् । चकलेट नाम दिइएको उक्त चलचित्र व्यवसायका लागि भन्दा बढी सामाजिक कार्यका लागि निर्माण गरिएको उनले बताएकी छिन् ।सामाजिक कामका लागि निर्माण गरिएको भनिएको चकलेट मंसीर १८ अर्थात आउँदो शुक्रबारदेखि देशभर प्रर्दशन हुँदैछ । 
चकलेट प्रर्दशनबाट उठेको सम्पूर्ण रकम बालबालिकाको लागि शिक्षासहितको आश्रम निर्माणमा खर्च गर्ने पुजनाको योजना छ । अभावमा रहेको बालबालिकाको मुहारमा खुशि ल्याउनका लागि चकलेट निर्माण गरेको उनी बताउँछिन् । त्यसैले पुजना अहिले आफुलाई हट भन्दा बढी सामाजिक कलाकार भन्न रुचाउँछिन् । सामाजिक सेवा गर्न चाहानले फिल्म हेरी दिए पुग्ने भन्दै उनले चकलेट हेर्नका लागि दर्शकसँग विनम्र अनुरोध गरेकी छिन् । 
चलचित्र प्रर्दशनको पूर्व सन्ध्यामा चकलेटले पत्रकार सम्मेलनको आयोजना गर्दै उपस्थित सबैलाई चकलेट नै वितरण गरिएको थियो । शिक्षाबाट बञ्चित बालबालिकाको मुहारमा खुशि ल्याउन निर्माण गरिएको चकलेटको प्रेस मिटमा चकलेट खान पाएर दिपकराज गिरी, दिपाश्री निरौलालगायत सम्पूर्ण रंगपत्रकार दंग थिए । चलचित्रका निर्देशक निर्मल शर्मालाई नायिका पुजना प्रधानले आफ्नै हातले चकलेट ख्वाएकी थिईन् । हेर्नुहोस् तस्वीरमा । 
 

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live