Radio Audio Program

Find us on Facebook

News

​कबड्डी कबड्डीमा किन खोजीयो निश्चलको विकल्प ?

​कबड्डी कबड्डीमा किन खोजीयो निश्चलको विकल्प ?

मंसीर १५, काठमाण्डौँ । चलचित्र कबड्डीमा शहरीया ठिटो भएर देखिएका निश्चल बस्नेत कबड्डी कबड्डीमा देखिएनन् । कबड्डीको सिक्वेल भनिए पनि मैँया भगाउने निश्चल नै बेपत्ता हुँदा पर्दामा उनको खोजी हुनु स्वाभाविकै हो । कबड्डीको कथा अनुसार गाउँ घुम्न पुगेका निश्चलले मैंयालाई काजीको अवरोधका बाबजुद भगाउन सफल हुन्छन् । तर, मैँया आफ्नै गाउँमा फर्किएको कबड्डीको कथामा देखिन्छ । सोहि कथाको निरन्तरता भनिएको कबड्डी कबड्डीमा मैँयालाई माया जालमा पार्न बमकाजी अर्थात सौगात मल्ल देखिएका छन् । निर्देशनसँगै अभिनयको पनि राम्रो ज्ञान भएका निश्चल किन फिल्ममा देखिदैनन् ? धेरैको मनमा यो जिज्ञासा छ ।

नयाँ पुस्तालाई मन पर्ने फिल्म बनाउने निश्चलले एक्सन कट गरेका फिल्म विभिन्न अवार्ड हात पार्न सफल छन् । उनले अभिनय गरेको कबड्डीले पनि गतिलै सफलता हात पारेको थियो । एक्सन कटमा रमाउने निश्चल क्यामेरा फेस गर्न भने गाह्रो मान्छन् । त्यसैले पनि कबड्डी कबड्डीमा आफु नदेखिएको उनले बताएका छन् । क्यामेरा जसोतसो फेस गरे पनि हलमा आफ्नो अनुहार देखेर लाजले आफैँ भुतुक्कै हुने भएकाले पनि अभिनय गर्न मन नलाग्ने उनी बताउँछन् । अब छिट्टै नयाँ पोजेक्टको साथमा दर्शकमाझ आउने उनको योजना छ । यसको साथमा निश्चलले चाँडै नै विवाह गर्ने पनि संकेत गरेका छन् । रेडियो अडियो कार्यक्रम धनीयाकी दुनियाँमा कुराकानी गर्दै उनले एउटी सुन्दरीसँग चाँडै वैवाहिक सम्बन्ध गाँस्ने बताएका हुन् । निश्चलको नव नायिका स्वस्तीमासँग विवाहको कुरा चलेको खबर यसअघि सार्वजनिक  भएको थियो ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live