Radio Audio Program

Find us on Facebook

News

मोदीको गेट अपमा देखिए दिपक, भन्छन् मोदीको फ्यान र बिरोधी दुबै हुँ । (भिडियोसहित)

मोदीको गेट अपमा देखिए दिपक, भन्छन् मोदीको फ्यान र बिरोधी दुबै हुँ । (भिडियोसहित)

मंसीर १३, काठमाण्डौँ । मंसीर १८ देखि प्रर्दशनमा आउने चलचित्र चकलेटको पत्रकार सम्मेलनमा हाँस्यकलाकार दिपकराज गिरी पनि झुल्कीएका थिए । वडा नम्बर ६ को प्रर्दशन ताका आफ्नो हेयर स्टाइल परिर्वतन गरेका दिपक आज फरक गेटअप उपस्थित थिए । चकलेटका निर्देशक निर्मल शर्माको गुरुबाको रुपमा आशनग्रहण गर्न पुगेका दिपकको गेटअप भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जस्तै देखिएपछि निकै चर्चा भयो । यसबारेमा पत्रकारले दिपकलाई प्रश्न सोझ्याए, भारतको यति धेरै विरोध भईरहेको समयमा मोदीको गेटअपमा किन ?

म मोदीको फ्यान हुँ । अहिले विरोध पनि गरिरहेको छु । मोदीको पनि राम्रा कुराहरु छन् । राम्रा कुराहरुलाई ग्रहण गर्दा राम्रो नै हुन्छ भन्ने मान्यता भएकाले मिल्ने पोशाक लगाएको हुँ, दिपकले जवाफ दिए । छिमेकी फेर्न कुनै पनि हालतमा नसकिने भएकाले छिमेकीको बानी फेर्नु पर्नेमा उनले जोड समेत दिएका छन् ।

हेर्नुहोस भिडियो ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live