Radio Audio Program

Find us on Facebook

News

​चकलेट बेचेर बाल आश्रम बनाउने पुजनाको घोषणा

​चकलेट बेचेर बाल आश्रम बनाउने पुजनाको घोषणा

मंसीर १४, काठमाण्डौँ ।
हट नायिकाको परिचय बनाएकी पुजना प्रधान विकिनी लाएर फोटोसुट गर्ने पहिलो नेपाली मोडल हुन् । त्यहि विकिनी फोटोसुटका कारण उनको चर्चा चुलीएको थियो । चलचित्र हिरोबाट अभिनय गर्न सुरु गरेकी पुजनाले अहिलेसम्म दुई दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । पछिल्लो समय उनी चलचित्र रक्षामा दिएको बेड सिनका कारण चर्चामा आएकी थिईन् । केहि समयदेखि उनकै लगानी र कथा लेखनमा बनेको फिल्म चकलेटको चर्चा छ । मंसीर १८ अर्थात आउँदो शुक्रबारदेखि प्रर्दशनमा आउन लागेको चकलेटलाई निर्मल शर्मा (गैँडा)ले निर्देशन गरेका छन् ।

चलचित्र प्रर्दशनको पूर्व सन्ध्यामा चकलेटले आज पत्रकार सम्मेलन गर्दै बाल आश्रम बनाउने घोषणा गरेको छ । चलचित्रको प्रर्दशनबाट उठेको अधिकाँस रकम ५० जना अनाथ बालबालिकाको लागि शिक्षा सेवासहितको आश्रम बनाउन खर्च गर्ने घोषणा गरिएको हो । काठमाण्डौँ आसपासको क्षेत्रमा जग्गा खरिद गरेर भवन बनाउने योजना रहेको नायिका एवं निमात्री पुजना प्रधानले बताएकी छिन् । सामाजिक कामको लागि खर्च गरीने भएकाले फिल्म हेरेर सामाजिक सेवा गर्न उनले दर्शकसँग आग्रह गरेकी छिन् । सकेसम्म राम्रो फिल्म बनाउने प्रयास गरेको भन्दै उनले यो फिल्म चलेको खण्डमा गतिलो निमात्री भएर स्थापीत हुने संकल्प गरेकी छिन् ।

यस्तै तितो सत्यबाट गैँडाको रुपमा परिचित बनेको निर्देशक निर्मल शर्माले सामान्य तर राम्रो फिल्म बनाएको दाबी गरेका छन् । उनले चलचित्र सामाजिक कामका लागि प्रर्दशन हुन लागेकाले सबैलाई चलचित्र हेर्न पनि आग्रह गरेका छन् । 

पेशा र अध्ययनले डक्टर भए पनि चलचित्र चकलेटबाट सिने क्षेत्रमा डेब्यु गरेका नायक आयुषमान घिमिरेले हङकङमा भएको च्यारिटीबाट राम्रो प्रतिक्रिया पाएको बताएका छन् । पहिलो फिल्म भएकाले मनमा डर भएपनि राम्रो प्रतिक्रियाले उत्साहित भएको उनको भनाई छ । स्वास्थ्य क्षेत्रमा रहेर पनि उदाहरणीय नायक बन्ने आफ्नो धोको रहेको पनि आयुषमानले खुलासा गरेका छन् ।

चलचित्र चकलेटको सफलताको लागि दिपकराज गिरी, दिपाश्री निरौला, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रीय, केशव भट्टराईलगायतले शुभकामना दिएका छन् । कार्यक्रममा नै बाल आश्रम बनाउनका लागि यति डेभलपमेन्ट बैंकले २५ हजार नगद सहयोग गरेको छ । चलचित्रका नायकले उक्त कार्यका लागि २५ हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live