Radio Audio Program

Find us on Facebook

Updates

दिनमा २० पटक सेक्स गर्न सक्ने महिला

दिनमा २० पटक सेक्स गर्न सक्ने महिला

काठमाडौं   ।म १८ वर्षीया अविवाहित युवती हुँ । मलाई धेरै नै यौन इच्छा हुन्छ, तर म केटा साथीहरूसँग सम्पर्क राख्न चाहन्नँ । यौनइच्छा जीवनको अभिन्न अङ्ग हो । प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनइच्छा हुन्छ । यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ ।

यो आधारभूत कुरा भएको हुनाले यसलाई मस्तिष्कको एक भागले सञ्चालन गर्छ । प्राणीहरूको विकासक्रमलाई हेर्न हो भने मस्तिष्कको यो भाग करोडौं वर्ष पहिले नै विकसित भएको देखिन्छ । मानिसमा मस्तिष्कको अन्य भाग विकसित हुँदै गए पनि मस्तिष्कको उक्त भागले अझै पनि प्रारम्भकै जस्तो महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

हरेक प्राणिको जीवनको शुरुवात नै यौनसम्पर्कबाट नै हुने भएकोले नै हामी सबैका लागि यौनसम्पर्क गरेर वंशवृद्धिलाई निरन्तरता दिनु दायित्व पनि हो । हाम्रो प्रमुख जैविक कार्य सन्तान उत्पत्ति हो, त्यसैले आनन्दका लागि यसको प्रयोग निकै हुने गरेको छ ।

मोटामोटी रूपमा हेर्दा यौनइच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् । एक त इन्डोक्राइन प्रणालीअन्तर्गतका रागरसहरूले महत्वपूर्ण भूमिका खेल्छन् भने अर्का्तिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले । पहिले इन्डोक्राइन प्रणालीले यौन क्रिया सञ्चालनमा भूमिका निर्वाह गर्छ ।  

इन्द्रियहरूका कुरा यौन क्रियाका लागि पनि हाम्रा इन्द्रियहरूले महत्वपूर्ण भूमिका खेल्छन् । यौन उत्तेजनाका लागि हाम्रा इन्द्रियहरू नभैनहुने कुरा हुन् । हाम्रो शरीरले कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्द्रिकता हो । 

यो हाम्रो शरीरका पाँच इन्द्रिय– दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो । यसमध्ये कुनै इन्द्रियबाट आनन्द प्राप्त गर्नु नै ऐन्द्रिकता हुनसक्छ । यौनसम्पर्क पनि एक विशेष किसिमको स्पर्श नै हो । मस्तिष्कको भूमिका यौन सम्पर्कलाई ‘शारीरिक सम्बन्ध’ भनिए पनि यसको मानसिक पाटो एकदमै महत्वपूर्ण हुन्छ । 

यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ । वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने, यौन उत्तेजनालाई ‘स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो’ भनेर परिभाषित गर्न सकिन्छ ।(एजेन्सी)

Post Comment

Radio Audio Live