Radio Audio Program

Find us on Facebook

Updates

यस्ता छन्, तरकारीबारे साह्रै रमाइला तथ्य ।

यस्ता छन्, तरकारीबारे साह्रै रमाइला तथ्य ।
सब्जी वा तरकारी बिना हाम्रो दैनीक भोजन सार्थक हुँदैन । तरकारी बिनाको खाना कल्पना बाहिरको कुरा हो । त्यसैले सब्जीको महत्व व्यापक छ । स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि यसले धेरै फाइदा गर्छ । खाना भन्दा बढी सब्जी खान चिकित्सकको सुझाव हुन्छ । त्यसैले तरकारीमा भएको खर्चलाई हामी सामान्य मान्छौँ ।  तरकारी दैनीकमा उपभोग गर्छौँ । तर, यसको बारेमा हामीले गहिरे हत्तपत्त सोच्दैनौँ । तरकारीका बारेमा गहिरीएर बुझ्न खोज्ने हो भने निकै रमाइला तथ्यहरु फेला पर्छन् । जुन यस प्रकार छन् ।

१. चुकन्दर
सब्जीको रुपमा प्रयोग हुने चुकन्दर अन्य प्रयोजनका लागि पनि प्रयोग गर्न सकिन्छ । यदी, तपाईँ पूर्ण प्राकृतिक सामग्रीको प्रयोग गर्न चाहानुहुन्छ भने चुकन्दर एउटा सहयोगी हुन सक्छ । तपाईँले चुकन्दरलाई मेहन्दीको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । कपाल रंग्याउनका लागि चुकन्दर प्राकृतिक र घरेलु उपाय हो । यसले तपाईँको कपाल त रंग्याउँछ नै साथमा केमीकल मिसीएको मेहन्दी किन्ने खर्च पनि बचत हुन्छ ।
२. गोलभेडा
टमाटर अर्थात गोलभेडा अचारको पर्याय हो । तरकारीमा पनि टमाटरको व्यापक प्रयोग हुने गर्छ । यसले भान्सामा गतिलो तरकारीको परिचय बनाएको छ । सबैले यसलाई तरकारीको रुपमा नै हेर्ने गर्छन् । तर, गोलभेडा फलफूल हो । सन् १९८० को दशक पछि गोलभेडा तरकारी, सब्जी हो वा फलफूल भन्नेमा दोधार उत्पन्न भएको हो । त्यसभन्दा अघि गोलभेडालाई फलफूल मानीन्थ्यो । अमेरीकाको सर्वोच अदालतले कर लगाउनका लागि गोलभेडालाई तरकारी मान्यता दिएको हो ।
३. च्याउ
च्याउ धेरैको रोजाईमा पर्ने तरकारी हो । मासुसँग समेत दाँजीने च्याउको स्वाद मासुको भन्दा कम हुँदैन । त्यसैले च्याउलाई मिठो तरकारीको रुपमा लिइन्छ । तर, च्याउमा एक प्रकारको सुक्ष्म जीवाणुहरु हुन्छन् । च्याउ खानु भनेको त्यी जीवाणुहरुलाई मार्नु हो भनेर कतिपयले ठट्टासमेत गर्ने गर्छन् । जुन साँचो कुरा हो ।
४. फर्सी
फर्सीलाई उसीनेर खाने कतिपयको सोख हुन्छ । पकाएर तरकारीको रुपमा खाने गरिन्छ । सिन्ड्रेला शिर्षकको कथा पढ्नु भएको भए त्यहाँ फर्सी अर्थात पम्पकीन उल्लेख गरिएको छ । सत्रौँ शताब्दीमा सोही कथासँगै फर्सी भन्ने नाम जन्मीएको हो ।  

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live