Radio Audio Program

Find us on Facebook

Updates

किन छोराछोरीको बाउ बन्न सकेनन् दिलिप कुमार ? के छ कारण ?

किन छोराछोरीको बाउ बन्न सकेनन् दिलिप कुमार ? के छ कारण ?

पुस, काठमाण्डौँ ।

बलिउडमा ट्रेजडी किँगका नामले चर्चित दिलीपकुमारको कुनै सन्तान छैनन् ।  यो कुरा सबलाई थाहा छ । तर कम मानिस लाई मात्र यो कुरा थाहा छ । यो कुरा उनले आफ्नो अटो ग्राफ द सबस्टांस एण्ड द शैडो मा दिएका छन् । त्यसमा उनले लेखेका छन् । साँचो कुरा यो हो कि १९७२ मा सायरा पहिलो पटक गर्भवती भईन् । पेटमा ८ महिनाको छोरा थियो त्यही समय सायरालाई प्रेशरको कमजोरी भयो । यस क्रममा त्यो बच्चालाई बचाउन सक्ने कुनै उपाय त्यो समयमा थिएन बच्चाको मृत्यु भयो । त्यसपछि सायरा शारीरिक रुपले नै गर्भवती हुन सक्ने अवस्थामा पुगिन् । 

जब सन् १९८०मा दिलिप कुमारले आसमा रहमान नामको एक महिलासँग विवाह गरे । यस पछि मिडियामा सायरा आमा बन्न नसक्ने  भएकोले उनले दोश्रो विवाह गरेका हुन् भनेरे निकै अफवाह फैलिएको थिायो । तर दिलीपकुमारले यो कुराको खण्डन गरेका थिए । विहे पछि सायरा र दिलीपकुमारको सम्बन्धमा टाढा हुँदै गएको थियो । तर दुई वर्षपछि दिलिप कुमारले आसमा सँगको सम्बन्ध तोडि दिए । र पछि फेरी साथ दिए । 

दिलिप कुमारले सायरा बानु सँग ११ अक्टोबर १९६६ मा विवाह गरेका थिए ।  त्यतिबेला दुईको उमेर २२ वर्षको फरक थियो । मिडिया अनुसार सायराले ८ वर्षको उमेरमै दिलिप कुमारसँग विवाह गर्ने सपना देखेकी थिइन रे । १९५२ मा रिलिज भएको ‘दाग’ फिल्म हेरे पछि उनले दिलिपलाई मनमा बसाएकी थिइन भनिन्छ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live