Radio Audio Program

Find us on Facebook

Updates

काजोलले किन गरीन् कृतीको रिस ?

काजोलले किन गरीन् कृतीको रिस ?

मंसीर, काठमाण्डौ ।
सिने क्षेत्रमा प्रतिष्ठा लडाईँ व्यापक देखिन्छ । चर्चामा आउने प्रतिष्पर्धा पनि उत्तिकै हुन्छ । यो लडाईँ र प्रतिष्पर्धाले मानीसमा रिस, डाह उत्पन्न गराउँछ । जसकारण एकै स्तरका कलाकार एक अर्काको रिस गर्छन् । कसैले रिस देखाउँछन्, कसैले रिस दबाउँछन् । कतिपयलाई त्यतिकै पनि रिस गरेको आरोप लाग्ने गर्छ । यसलाई हामीले स्वाभाविक नै मान्नु पर्छ ।

पछिल्लो समय सिनेमा दिलवालेमा काम गरेका दुई अभिनेत्री काजोल र कृतीको यस्तै कुराहरु बाहिरीएका छन् । काजोल कृतीको रिस गर्छिन् भन्ने आरोपले बलिउडमा हंगामा मच्चीएको छ । त्यस्तै मलाईका अरोडा  खानले पनि अभिनेत्री हेमा कुरैसीलाई आफ्नो लवाई खवाई रुप रगं बदल्ने सुझाव र सल्लाह दिएकी थिईन् ।

बलिउड अभिनेत्रीहरुको यस्ता रिसरागको कुरा आइरहन्छ । चाहे उ फिल्मी परिवारबाट होस् या बाहिरबाट आएर बलिउडमा स्थापित भएको होस् । काजोेल,  मुखर्जी परिवारबाट हुन् । जसले बलिउडमा राम्रो प्रभाव  पारेको छ । 

१८ डिसेम्बरमा रिलिज हुन लागेको सिनेमा दिलवालेमा कृतीको बढ्दो लोकप्रियताले काजोललाई तनाव भईरहेको छ । अहिलेका युवा पुस्ताले दिलवालेमा वरुण र कृतीलाई नै धेरै फोकस गरेका छन् । जुन कुरा काजोललाई मन परेको छैन ।

काजोलको नाम छिट्टै रिसाउने अभिनेत्रीहरुको लिस्टमा पर्ने गर्छ । उनी एक फिल्मी परिवारबाट हुन् । त्यस्तै अभिनेता अजय देवगन उनका पती हुन् । उनको नाम बलिउडकी नामी अभिनेत्रीहरुको लिस्टमा सामेल छ ।

उनको प्रशंसकहरु पनि लाखौको सङख्यामा छन् । यहि कारणले गर्दा उनको बद्लिदो स्वभावलाई लिएर केहि निर्देशक वा निर्माता उनीसँग कुरा गर्न चाहादैनन् र सक्दैनन् पनि ।

उता कृतीले पनि भनेकी छिन् । मलाई खुसी यो कुराको छ की मलाई बलिउडका चर्चीत कलाकारसँग काम गर्ने मौका मिल्यो । केहि दिनमा नै सिनेमा रिलिज हुन्छ । अब धेरै प्रमोशनमा दौडिरहने पर्ने अवस्था पनि छैन । त्यसपछी सिनीयरसँग रिसराग केहिपनि हुने छैन ।

सिनेमाको प्रमोशनका क्रममा काजोलले आफुलाई कृतीबाट टाढै राख्ने प्रयास गरेकी थिइन् । यति मात्रै नभएर उनले कृती र आफु एउटै फ्रेममा बस्नु नपरोस् भन्ने चाहाना गरेको बुझिएको छ ।

काजोलले पुर्णरुपमा प्रयास गरेकी थिईन् उनको तस्वीर  सुपरहिट कलाकारसँग मात्रै कैद होस् ।
अर्को एक कार्यक्रममा काजोल र कृतीको तिक्तता देखियो । सुटिङका क्रममा पनि काजोले कृतीलाई कुनै स्टारको जस्तो व्यहार देखाईनन् । तर कृतीले यस बारेमा कसैसँग पनि कुरा गर्न चाहेकी छैनन् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live