Radio Audio Program

Find us on Facebook

Updates

सन् २०१५ मा विवाह गर्ने बलिउड सेलिब्रेटीहरु

सन् २०१५ मा विवाह गर्ने बलिउड सेलिब्रेटीहरु

हरेक मानीसको विवाह विशेष हुन्छ । उसले जिन्दगीभर चाहेर वा नचाहेरै पनि सम्झीरहन्छ । आम मानीसको दाँजोमा सेलिब्रेटीको विवाह सम्झने फ्यान धेरै हुन्छन् । कतिपय फ्यानको लागि सेलिब्रेटीको विवाह सुखको खबर होला । त्यसैले जीवनभर सम्झीरहन्छन् । कतिपय फ्यानका लागि सेलिब्रेटीको विवाह दुखको खबर होला । उनीहरु दुखको दिनका रुपमा सेलिब्रेटीको विवाह सम्झीरहन्छन् । सन् २०१५ कुन कुन सेलिब्रेटीका फ्यानहरुको मनमै बसीरहन्छ त ? सन् २०१५ वैवाहिक सम्बन्ध गाँसेका बलिउड सेलिब्रेटीहरुको सूची यस्तो छ ।
 
श्रेया घोषल ।
श्रेया घोषलको स्वरमा जादु छ । आफ्नो जादुमयी स्वरले धेरैको मनलाई उनले लठ्ठ बनाएकी छिन् । उनको स्वरमा लठ्ठीनेहरुले उनको विवाहलाई कहिल्यै भुल्न सक्ने छैनन् । सन् २०१५ फब्रुअरी ५ मा श्रेया विवाह बन्धनमा बाँधीएकी हुन् । लामो समयदेखि प्रेममा रहेकी श्रेयालाई प्रेम गर्नेको संख्या ठूलो छ । यद्यपी, श्रेयाले भने शिलादित्य मुखोपाध्ययलाई प्रेमसँगै विवाह पनि गरीन् ।


शाहिद कपुर
शाहिद कपुरका लेडिज फ्यान कम छैनन् । उनको चकलेटी अनुहारप्रति आर्कषित फ्यानहरुको लागि सन् २०१५ दुखको वर्ष हुन पुग्यो । किनकी सन् २०१५ मा शाहिदले विवाह गरे । दिल्लीकी मिरा राजपुतसँग उनले मागी विवाह गरेका हुन् । जुलाई ७ तारिखमा भएको शाहिदको विवाहले बलिउडमा निकै चर्चा कमायो । मिरा शाहिद भन्दा १३ बर्ष कान्छी छन् ।


गीता बसरा
अभिनेत्री गीता बसरा र क्रिकेटर हरभजन सिंहले पनि सन् २०१५ मै विवाह गरे । क्रिकेटर र अभिनेत्रीको यो विवाहले सन् २०१५ लाई अझै रमाइलो बनायो । नोभेम्बर १ मा विवाह गरेको यो जोडि रमाइलोमै व्यस्त छ ।

कुणल खेमु ।
अभिनेत्री शोहा अलि खानसँग कुणाल खेमुले यहि बर्षको सुरुवातमा विवाह गरेका हुन् । १५ जनवरीमा विवाह बन्धनमा बाँधिएको यो जोडीले प्रेम विवाह गरेको हो ।


कुणल कपुर ।
अभिनेता कुणल कपुरको विवाह पनि यसै वर्ष जुरेको छ । उनले नैना बच्चनसँग ९ फेब्रुअरीमा विवाह गरेका हुन् ।
गायिका हर्षदिप कौर ।
गायिका हर्षदिपले आफ्नो मिल्ने साथी मनकीत सिंहसँग विवाह गरीन् । उनको विवाह २१ मार्चमा भएको हो ।

कुश सिन्हा ।
अभिनेता शत्रुघ्न सिन्हाका छोरा कुशले यहि बर्षको जनवरी १८ मा विवाह गरेका हुन् । उनको विवाह तरुणा अग्रवाल सँग भएको हो । तरुणा अभिनेत्री शोनाक्षीकी भाउजु भएर भित्रिएकी हुन् ।

निर्देशक अभिशेक कपुर ।

निर्देशक अभिशेकले ४ मे मा आफ्नी प्रेमीका प्रज्ञा यादवसँग विवाह गरेका हुन् । प्रज्ञा स्वीडेनकी युवती हुन् ।

गायिका तुलसी कुमार
गायिका तुलसी पनि यहि बर्ष दुलही बनिन् । उनले बिजनेसम्यान हितेश रल्हानसँग विवाह गरेकी हुन् ।  उनको विवाह २२ फेब्रुअरीमा भएको थियो

 

डिजाईनर मसाबा गुप्ता

बलिउडकी नाम चलेकी डिजाईनर मसाबाले २ जुनमा निर्माता मधु मतेंनासँग विवाह गरीन् । त्यस्तै निर्माता राहुल ठोकरे पनि यहि बर्ष दुलाहा बने भने अभिनेत्री तिलोत्मा शोम दुलही बनिन् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live