Radio Audio Program

Find us on Facebook

Updates

रितेश फेरि पिता बन्दै , गर्भवती भईन् जेनेलिया ।

रितेश फेरि पिता बन्दै , गर्भवती  भईन् जेनेलिया ।

मंसीर २४, काठमाण्डौ ।
२८ बर्षिय अभिनेत्री जेनलिया डिसुजा फेरि गर्भवती भएकी छिन् । २०१४ मा एक छोरालाई जन्म दिएकी जेनेलिया,  फेरि गर्भवती भएको खबर सार्वजनिक भएको छ । गत २४ नोभोम्बरमा जेनलियाले, आफ्नो पहिलो छोरा रियानलाई जन्म दिएकी थिईन । 

सन् २००३ मा सिनेमा तुझे मेरी कसमको सेटमा भेटीएको यो जोडी त्यसैबेलादेखि,   नजिकीएको थियो । २००३ देखि सुरु भएको प्रेमलाई उनिहरुले,  सन् २०१२ मा बिवाहमा परिणत गरेका थिए । 

 दक्षीण भारतकी स्थापित नायिका जेनेलियाले, बलिउडका केहि सिनेमामा काम गरेकी छिन् । त्यस्तै रितेशले पनि आफ्नो अभिनयकलाबाट  सबैलाई लठ्ठ बनाएका छन् ।

रितेशले हाउसफुल, एक भिलेन,तेरे नाल लव हो गया ,हमसकल,क्या सुपर कुल है हम लगाएत दर्जनौ सिनेमामा काम गरेका छन् । उनि सिनेमामा कमेडी पात्रको रुपमा बढी देखिन्छन् ।  

                           छोरा रियानसँग रितेश ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live