Radio Audio Program

Find us on Facebook

Updates

विश्वका ६ धनि अभिनेता । कस्को सम्पती कती ।

विश्वका ६ धनि अभिनेता  । कस्को सम्पती कती ।

मङसीर, काठमाण्डौ

सिनेमाको पर्दामा कुनै अभिनेता तथा अभिनेत्रीलाई देखेर हामी उसको वास्तविक जीवनको मुल्याङकन गर्न सक्दैनौ । उनिहरुको जिवन अरु व्यक्तिको भन्दा फरक शैलीमा बितीरहेको हुन्छ ।आफ्नो अभिनयबाट सबैको वाहवाही बटुल्ने यी कलाकारको जीवनमा धन सम्पत्तीले पनि निकै साथ दिएको हुन्छ ।

आज हामी तपाईलाई विश्वका पाँच धनी अभिनेताका बारेमा बताउँदैछौ, जसको सम्पत्ती थाहा पाएर तपाई पनि दङग पर्नुहुनेछ ।

जेरी सेनफिल्ड ।

सन् १९५४ मा जन्मिएका अभिनेता जेरी, टेलिभिजन दुनियाको निकै चर्चित अनुहार हो । उनी चर्चित टि भि पर्सनालीटि हुन् । उनलाई एक झलक हेर्नका  लागी फ्यानहरु जे पनि गर्छन् ।  आफ्नो  कडा मिहिनेत र अभिनयका कारण उनि आज ८२० लाख डलरका मालिक बनेका छन् । 

शाहरुख खान ।
भारतमा मात्रै नभएर अन्य देशमा  पनि आफ्ना थुप्रै फ्यान बनाएका अभिनेता, शाहरुख खानले ७५ भन्दा बढि सिनेमामा काम गरेका छन् ।  निकै सर्घर्ष गरेपछी मात्रै सफल भएका अभिनेता शाहरुख  ६०० लाख डलरका मालिक हुन् ।

टम कु्रुज
टमले, बाल्यकालमा अभिनेता बन्ने सोचेकै थिएनन् । तर उनको सुन्दर व्यक्तित्वका कारण भगवानले चाहे उनि अभिनयमै आउन् भन्ने । सन् १९८१ मा सिनेमा ईन्डलेस लबको लागी छोटो रोल पाएर अभिनय सुरु गरेका टम, सबैले चाहने अभिनेता  बने । उनि ४८० लाख डलरका मालिक हुन् ।

टायल पेरी ।

सन् १९९६ मा विनफ्रेको जिवन कथाबाट फिल्मी करियर सुरु गरेका टायल, आज ४७५ लाख डलरका मालिक हुन् ।

जोनी डेप्प 
धेरै अवार्ड जितेको सिनेमा पाईरेट्स अफ क्यारिबियनमा निकै चर्चित र लोकप्रिय रोल निभाएका अभिनेताले,  अन्य  हलिउड  सिनेमामा पनि निकै लोकप्रिय रोल निभाएका छन् ।   अभिनेता जोनी ४५० लाख डलरका मालिक हुन् ।

जेक निकोलस ।
७८ बर्षीय हलिउड अभिनेता जेकसँग ४०० लाख डलर सम्पत्ती छ । उनले , सिनेमाबाट दर्शकको माया पाउन निकै मिहिनेत गरेका थिए । १९६० देखि २००० सम्म उनका धेरै सिनेमा आए । उनका सिनेमालाई  कैयौँपटक ओस्कार अवार्डका लागि मनोनित पनि गरिएको थियो ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live