Radio Audio Program

Find us on Facebook

Updates

८० बर्ष भए धमेन्द्र, पढ्नुहोस् उनका चर्चित डायलग ।

८० बर्ष भए धमेन्द्र, पढ्नुहोस् उनका चर्चित डायलग ।

काठमाण्डौँ ।
सन् १९३५ डिसेम्बर ८ मा अभिनेता धमेन्द्रको जन्म पञ्जाबमा भएको थियो । उनको पुरा नाम धरम सिंह देओल हो । आज देखि उनी ८० बर्ष लागेका छन् । उनलाई सबै उमेर वा समुहका व्यक्तिहरुले आफ्नो फेवरेट लिस्टमा राखेका छन् । ८० को दशकका अभिनेता धमेन्द्र एक्सन किगंका रुपमा पनि चिनिएका थिए । उनलाई बलिउडमा धरमको नामले पनि बोलाईन्छ ।

बाल्यकाल देखि नै अभिनयमा रुची भएका धमेन्द्रले  दिल भी तेरा हम भि तेरेबाट सन् १९६० मा बलिउड डेब्यु गरेका थिए । यस सिनेमाले बक्स अफिसमा खासै कमाल नगरेपनि धमेन्द्रको करियर भने माथि उठ्यो । धमेन्द्रले सिने उद्योगमा ५० बर्ष बिताइसकेका छन् । उनले २ सय ५० सिनेमामा काम गरेका छन् । यो बर्ष उनको सेकेण्ड ह्याण्ड जवानी रिलिज भएको थियो । अझै पनि सिनेमामा सक्रिय धमेन्द्रले फिल्मी दुनियामा मात्रै नभएर राजनीतीमा पनि एक किसिमको छाप छोडीसकेका छन् । उनी राजस्थानबाट संसदको रुपमा पनि मैदानमा उत्रीएका थिए । 

धमेन्द्रको चर्चित सिनेमा हो शोले । उनका साथमा सिनेमामा अभिनेत्री हेमा र अभिनेता अमिताभ बच्चन पनि थिए । सिनेमामा धमेन्द्रको डायलग "बसन्ती ईन कुत्तो के सामने मत नाच्ना "निकै फेमस भयो ।

७० को दशकमा हेमा मालिनीसँग विवाह गरेका धमेन्द्रले चार छोरा र छोरीका पिता हुन् । पहिलो पत्नीबाट बबी र सनि देआल जसले बलिउडमा आफ्नो स्थान सुरक्षीत गरेका छन् । त्यस्तै हेमाबाट ईशा , आयशाको जन्म भएको छ ।

राम्रो अभिनयका कारण धमेन्द्रलाई अन्र्तराष्ट्रीय स्तरको वल्र्ड आर्यन मेन अर्वाड मिलीसकेको छ । यसका साथै उनी फिल्म फेयरमा पनि नोमीनेसनमा परेका थिए ।

धमेन्द्रका चर्चित संवादहरु यस्ता छन् ।

तुम अगर ज्ञ मारोगे तो हम द्ध मारेंगे
कुत्‍ते कमीने मैं तेरा खून पी जाऊंगा
व्‍हेन आई डेड, पुलिस कमिंग, पुलिस कमिंग बुढ़िया गोइंग जेल, इन जेल बुढ़िया चक्‍की पीसिंग एंड पीसिंग एंड पीसिंग, पीसिंग, पीसिंग

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live