Radio Audio Program

Find us on Facebook

Updates

प्रेम चोपडाका ज्वाँई हुन् शरमन । बलिउडका चर्चित सेलिब्रेटी ज्वाँईहरू ।

प्रेम चोपडाका ज्वाँई हुन् शरमन । बलिउडका चर्चित सेलिब्रेटी ज्वाँईहरू ।

मसींर २२,काठमाण्डौ ।
 गत शुक्रबार शरमन जोशीको फिल्म ‘हेट स्टोरी ३
’ रिलिज भयो । चरित्र अभिनेताको भूमिका निभाउन शरमन जोशी पहिलो पटक हेट स्टोरी ३ मा  देखिए । त्यसो त ‘थ्रि इडियट’ र ‘रंग दे बसन्ती’ जस्ता फिल्म बाट चर्चामा आएका शरमन एक खानदानी घरानाकी छोरी सितको सम्बन्धले चर्चामा आए ।  शरमन सन् २००० मा प्रेरणा चोपडासँग विवाह गरी प्रेम चोपडाका ज्वाईं बने ।

बलिउडमा शरमन जस्तै  अन्य चर्चित ज्वाईहरू छन् जसले कपूर, खान, बच्चन जस्ता बलिउडका कलाकारहरुको खानदानी परिवार सँग सम्बन्ध जोडेका छन् ।हेरौं यस्ता कलाकार एवं ज्वाईंहरुको फेहरिस्ता 
 
 १. आयुष शर्मा ः आयुष शर्मा एक चर्चित स्क्रीप्ट 
राइटर सलिम खानका ज्वाई हुन् । उनीे सन् २०१४ मा अर्पिता खान सँग विवाह बन्धनमा बाँधीएका थिए । अर्पिता सलमान, अरबाज र सोहेल  खान कि बहिनी  र मलाईकाकी नन्द हुन् ।


 २. कुणाल कपूर ः कूणाल कपूर सन् २०१५ मा अमिताभ बच्चनकी भतिजी नैना बच्चनसँग विवाह बन्धनमा बाँधीएका थिए । 

 ३. कुणाल खेमू ः  कुणाल खेमू चर्चित अभिनेत्री शर्मिला टैगोरका ज्वाईं हुन् । उनको सैफ अलि खानकी बहिनी सोहा अलि खानसँग सन् २०१५ अर्थात् यसै                                 बर्ष विवाह भएको थियो । कुनाल पनि एक अभिनेता हुन् । उनले भाग जोनी , राजा हिन्दुस्तानी, ढोल,कलियुग लगाएतका सिनेमामा                                       काम गरेका छन् । 

 ४.भरत साहनी ः भरत साहनी ऋषि कपूर र नीतू कपूरका ज्वाईं हुन् । सन् २००६ मा उनको विवाह रिद्धिमा कपूर सँग भएको थियो ।

 ५.सैफ अलि खान ः सैफ अलि खानले सन् २०१२ मा रणवीर कपूर एवमं बबीता कपुरकी छोरी करीना कपूर सँग विवाह गरेका थिए ।

 ६. फरदीन खान ः फरदीन खानले चर्चित अभिनेत्री मुमताजकी छोरी नताशा माधवानी सँग सन् २००५ मा विवाह गरेका थिए ।

  ७. अजय देवगन ः अजय देवगन तनुजा मुखर्जीका ज्वाई हुन् उनले सन् १९९९मा काजोल सँग विवाह गरेका थिए ।


 
८.आदित्य चोपडा ः  आदित्य चोपडा फिल्म निर्माता एवं निर्देशक राम मुखर्जीका ज्वाईं हुन्
।  उनले सन् २०१४मा रानी मुखर्जी सँग विवाह गरेका थिए ।                                                आदित्य फिल्म निर्माता , निर्देशक तथा स्क्रीप्ट राईटर  हुन् । 

 ९. निखिल नन्दा ः निखिल नन्दा एक चर्चित व्यापारी बच्चन परिवारका ज्वाईं हुन्  ।  उनले सन् १९९७ मा श्वेता बच्चन सँग विवाह गरेका थिए ।

१०. अक्षय कुमार ः अक्षय कुमारले बलिउडकी चर्चित कलाकारद्वय राजेश खन्ना एवं  डिम्पल खन्नाकी छोरी ट्वींकल खन्नाका साथ सन् २००१ मा विवाह                                     गरेका थिए ।

 ११. भरत तखतानी ः  भरत तखतानीले चर्चित कलाकार द्वय धर्मेन्द्र  र हेमामालीनीकी छोरी इशा देओल सँग सन् २०१२ मा विवाह गरेका थिए ।

 
१२. अतुल अग्नि होत्री ः अतुल अग्निहोत्री स्क्रिप्ट राइटर सलिम खानका ज्वाईं हुन् । उनको अलवीरा खानसँग विवाह भएको थियो । अलवीरा चर्चित                                               नायक एवं फिल्म निर्माता सलमान खानकी बहिनी हुन् ।
 
१३. धनुष ः  धनुष चर्चित स्टाईलिष्ट कलाकार रजनीकान्तका ज्वाईं हुन् ।  सन् २००४ मा उनको विवाह ऐश्वर्या सँग विवाह भएको थियो ।


 १४. अश्विनी रामकुमार ः अश्विनी रामकुमार
को रजनीकान्तकी कान्छी छोरी सौन्दर्या सँग सन् २०१० मा विवाह भएको थियो । उनी एक ठूला व्यापारी हुन् 

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live