Radio Audio Program

Find us on Facebook

Updates

फिल्मी क्षेत्रमा आउन कसैले घर छाडे, कसैले विवाह तोडे ।

फिल्मी क्षेत्रमा आउन कसैले घर छाडे, कसैले विवाह तोडे ।

मंसीर २०, काठमाण्डौ ।
नाम र दाम दुबै हुने भएकाले सिने क्षेत्रमा उदाउने सपना बुन्नेहरु कम छैनन् । यो सपनाको पछि लाग्ने थोरैले मात्र सफलता पाएका छन् । सफल हुनेहरुको पृष्ठभुमी नियाल्ने हो भने यो सपनाका लागि धेरै त्याग गरेको पाईन्छ । परिवार र समाजले राम्रो नमान्ने भएकाले पनि यो क्षेत्रमा त्याग गरेर भित्रिनेहरु बढी छन् । यस्तो त्याग गर्नेमा पुरुषभन्दा महिला धेरै छन् । कुन कुन् बलिउड अभिनेत्रीहरुले त्याग गरे ?


कगंना रनावत
कगंना बाल्यकाल देखि नै नायिका बन्न चाहान्थीन् । उनले अभिनयका लागि आफ्नो औपचारीक अध्ययनबीचमै बिट मारिन् । अभिनयमा लाग्ने आफ्नो सपना बताउँदा उनलाई पिताले पिटेका थिए । यहि सानो कारणले उनले आफ्नो पढाई नै त्याग गरीन् । यति मात्र होइन सिने क्षेत्रका लागि उनले १५ बर्षकै उमेरमा आफ्नो घर छाडीन् । केहि दिन उनले दिल्लीमा केहि स्टेज कार्यक्रमहरु गरीन् । त्यस पछि मुम्बई आएर अभिनय सिकीन् । गैगंस्टार उनको पहिलो सिनेमा थियो ।

मल्लीका शेरावत ।
मल्लीकाले मिडिया सामु स्वीकार नगरेपनि उनी बलिउडमा आउनुभन्दा पहिले नै विवाहित थिईन् । उनको पाईलट करण सिंह गिलसँग विवाह भएको थियो । अभिनयमा आउनको लागि उनले वैवाहिक जीवनलाई साईड लगाईन् । डीभोर्सपछि उनले केहि विज्ञापनहरुमा काम गरिन् । सन् २००३ मा उनको पहिलो सिनेमा ख्वाहिस रिलिज भयो । जसमा उनले अभिनेता हिमाशुं मलिकसँग १७ वटा किस सिन दिएकी थिईन् ।


अदीती राव  हैदरी
अदीती राव जब २१ वर्षकी थिईन् उनको विवाह  ब्युरोक्रेटबाट अभिनेता बनेका सत्यदिप मिश्रासँग भएको थियो । अदितीले सिनेमामा आउनको लागि पतीलाई नै छोडीन् । यसको साथै उनले लामो समयसम्म सम्बन्धको कुरा पनि लुकाईन् । सन् २०१३ मा उनले यो कुरा कुरा लुकाउँदै एक गहिरो प्रेम सम्बन्धमा रहेको खुलासा गरेकी थिईन् । तर विवाहको कुरा उनले कहिल्यै पनि मिडियाको अगाडी स्वीकारेकी छैनन् । अदितीले बोस, मर्डर ३,गुड्डु रगींला, लडंन पेरिस न्युयोर्क जस्ता सिनेमामा काम गरेकी छिन् । 


चित्रांगदा सिंह ।
बलिउड अभिनेत्री चित्रांगदाको विवाह गोल्फर ज्योती रधांवासँग भएको थियो । यो जोडीको एक छोरा पनि छन् । जानकारी अनुसार चित्रांगदा सिनेमाको लागि पतीको घर छाडेर दिल्लीबाट मुम्बईमा शिफ्ट भईन् । यसको असर सिधै उनको वैवाहिक सम्बन्धमा पर्न गयो । गत बर्षको अप्रिलमा उनको पतीसँग डिभोर्स पनि भयो ।  चित्रांगदाले देसी व्याईज, आई मी और मे  ,जोकर, ए साली जिन्दगी लगाएतमा सिनेमामा काम गरेर चर्चासँगै सफलता पनि पाएकी छिन् ।


नरगीस फखरी
अभिनेत्री नरगीसले बलिउड अभिनेत्री बन्ने चक्करमा आफ्नो घर मात्रै छोडिनन् आफ्नो व्यायफ्रेन्डसँगको प्रेम पनि टुक्राईन् ।  उनी विवाह भन्दा पहिले नै आफ्नो जीवनमा केहि विशेष काम गर्न चाहान्थीन् ।  यहि कारण उनी ईन्डीया आईन् । सन् २०११ मा उनले रकस्टारबाट बलिउड डेब्यु गरीन् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live