Radio Audio Program

Find us on Facebook

Updates

यी हुन् टेलिभिजन दुनियाका महंगा अभिनेत्री ।

यी हुन् टेलिभिजन दुनियाका महंगा अभिनेत्री ।

मसींर २० काठमाण्डौ ।
हालसालै बलिउड नायीका रिमि सेन ‘बिगबोस’ को घरबाट बाहिरीइन  । २.३५ करोड रुपयाँ पारिश्रमिक लिएर उनि  
टेलिभिजनको दुनियामा यस वर्षकै सबैभन्दा महंगी सहभागी सावित भईन । पछिल्लो समयमा अनगिन्ती रुपमा अभिनयमा आएका अभिनेत्री हरु मध्ये केहिले निकै सफलता पाईरहेका छन् त केहि सफलताकै खोजीमा निरन्तर लागीरहेका छन् ।

सफलता पाएर सफलतासँगै रमाईरहेका अभिनेत्री मध्ये केहि  पारिश्रमीकका हिसाबले निकै महंगा छन् । आज हामी तपाईलाई भारतीय टेलिभिजन दुनियाका महंगा सात अभिनेत्रीहरुको बारेमा बताउँदैछौ ।
फिक्सन शोको लिष्टमा अहिले सम्म सोनाली बान्द्रे एक नम्बरमा रहेकी छन् ।उन्ले पछिल्लो वर्ष आफ्नो  डेब्यू सो ‘अजिव दास्ता है ये’ को लागि ४ लाख प्रति भाग पारिश्रमिक लिएकी थिईन् ।

१.सोनाली बान्द्रे ः लाईफ ओकेको यस सिरियलमार्फत टेलिभिजन दुनियाको लागी पहिलो पटक अभिनय शुरु गरेकी सोनाली बान्द्रेले  ‘अजिव दस्ता हैं ये’ का लागि ४ लाख भारतीय रुपैयाँ  प्रति एपिशोड पारिश्रमिक लिएकी थिइन् । तर पनि यो सिरियल लोकप्रिय हुन भने सकेन ।

२.मोना सिंह ः ‘प्यार को हो जाने दो’ सिरियल मा काम गर्ने मोना सिंह ‘जस्सी जैसि कोही नही’ बाट चर्चित भएकी थिईन । त्यसपछि आज सम्म उनले सोनी ईन्टरटेनमेन्टमा नै काम गरीरहेकी छिन्  । उनले पनि एक लाख ७५ हजार भारतीय रुपैयाँ  दैनिक पारिश्रमिक लिने गरेकी छन् ।

३.साक्षी तम्बर ः टिभी सिरियल ‘बडे अच्छे लगते हैं’ मा काम गरेर निकै चर्चा बटुलेकी  साक्षी तम्बर सन् २०००) मा ‘कहानी घर घरकी’ देखि चर्चामा आएकी थिईन् । हाल उनले अमिरखानको फिल्म दंगलमा अमिरको पत्नीको भुमिका निभाउँदै छिन् । उनले हाल एकलाख २५ हजार  भारतीय रुपैयाँ  दैनिक पारिश्रमिक लिने गरेकि छन् ।

४.हिना खान ः टिभी सिरियल ‘ये रिस्ता कहलाते है’मा काम गर्ने हिना खान सन् २००९ मा यसै कार्यक्रमका लागि प्रवेश गरे पछि हाल सम्म यसैमा काम गरीरहेकी छिन् । उनले पनि दैनिक पारिश्रमकि १ लाख पच्चिस हजार  भारतीय रुपैयाँ लिने गरिेकी छन् ।

५.दृष्टि धामी ः टिभी सिरियल ‘एक था राज एकथी रानी’मा काम गर्ने दृष्टिधामी नायीका एवं उत्कृष्ट नृत्यङ्ना पनि हुन् । धामी झलक दिखलाजा सिजन ६ की विजेता पनि हुन् । उनले प्रतिदिनको पारिश्रकि बापत एकलाख लिने गरेकी छिन् ।

६. देवोलिना भट्टाचर्जी​ ः  ‘साथीया’  हिन्दी टेलिसिरियलमा काम गर्ने देवोलिनाले विभिन्न कार्यक्रमहरूमा आफ्नो चर्चा बढ्दै जान थाले पछि पारिश्रमिक बढाउने घोषणा गरेकि छन् । हाल उनले दैनिक ८० हजार भारतीय रुपैयाँ  पारिश्रमिक लिने गरेकी छिन् ।

७.दीपिका कक्कड ः टिभी सिरियल "नीर भरे तेरे नैना "बाट कामको शुरुवात गरेकी दीपिका कक्कड हाल ‘ससुराल सिमर का ’मा प्रमुख भूमिकामा काम गरि रहेकी छन् । हाल उनको दैनिक पारिश्रमिक ७० हजार भारतीय रुपैयाँ  प्रतिदिन रहेको छ ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live