काठमाडौमा आजैदेखि गाइजात्रे कार्यक्रम

२ अगष्ट, काठमाण्डौ ।गाईजात्रा आउन एक दिन बाँकी नै भएपनि हास्यकलाकारहरुले भने बिहीबारदेखि गाइजात्रे कार्यक्रम शुरु गर्दैछन् । टेलिभिजन तथा सार्वजनिक कार्यक्रम मार्फत हास्यव्यंग्य कार्यक्रम प्रस्तुत गर्दै आएका कलाकारहरुले बिहीबारदेखि स्टेज कार्यक्रम गर्न लागेका हुन् ।

अघिल्लो वर्ष जस्तै यसपटक पनि नेपाल प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय सभागृहमा कलाकारहरुको छुट्टाछुट्टै समूहले आफ्नो प्रस्तुति देखाउने भएका छन् । राष्ट्रिय सभागृहमा बिहीबार बेलुकीदेखि आउँदो २७ गतेसम्म ‘झ्याँइकुटी झ्याईं, मेरी बास्सै, जयहोस् गाईजात्रा महोत्सव’ हुन लागेको हो ।

त्यस्तै प्रज्ञा भवनमा बिहीबारदेखि शुरु हुने ‘तीतेजिरे मेरीबास्सै’ गाईजात्रा महोत्सव भदौ २ गतेसम्म चल्नेछ । गाईजात्रा महोत्सवमा मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिने कलाकारहरुले बताएका छन् ।

रेडियो अडियो, सिस्नोपानी नेपाल र न्युज २४ टेलिभिजनले शुक्रवार गाइजात्राको दिन विहान ९ देखि दिउँसो २ वजेसम्म बानेश्वरमा गाइजात्रे कार्यक्रम गर्ने भएको छ । ‘बानेश्वरको गाईजात्रा’ नाम दिइएको कार्यक्रममा चर्चित हाँस्य कलाकार, गायक गायिका, सिस्नुपानी नेपालका कलाकार र रेडियो अडियोका कर्मचारीहरुले प्रस्तुती दिनेछन् । कार्यक्रममा रेडियो पत्रकार मिलन तिमिल्सिनाको हास्यव्यंग्य संग्रह ‘नेताजीको म्याद’ पनि विमोचन हुनेछ ।

– See more at: http://tokyonepal.com/2012/08/02/68637.html#sthash.6umpJAhc.dpuf

More Media