रेडियो अडियोले १० औ बार्षिकोत्सवको विशेष अवसर पारी गीत संगीतको सार्बजनिक प्रयोग बापतको एकमुष्ठ रोयल्टी हस्तान्तरण गरेको छ । आर्थिक बर्ष ०७२ ०७३ को बार्षिक कारोबारको एक प्रतिशतले हुन आउने १ लाख रुपैया हस्तान्तरण गरिएको प्रबन्ध निर्देशक दिपेन्द्र खनियाँले जानकारी दिनु भएको ।
खनियाँले संगीतकर्मी बाँचे पो सञ्चारगृह बाँच्दछ भन्दै सबैले प्रतिलिपि अधिकारको सम्मान गर्दै सबै स्रष्टाले रोयल्टी पाउनु पर्ने हकको सधै सम्मान गर्ने बताउनु भयो ।
श्रष्टा “मह“ जोडीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगीत रोयल्टी संकलन समाज नेपाल ,प्रस्तोता समाज नेपाल र उत्पादक समाज नेपालका पदाधिकारीको उपस्थितिमा प्रस्तोता समाज नेपालका अध्यक्ष हेमन्त शर्माले रोयल्टीको चेक ग्रहण गर्नु भएको हो । शर्माले रोयल्टी रकम बुझदै श्रष्टा, प्रस्तोता, उत्पादकका मौलिक अधिकारको कदर गर्दै गरेको ऐतिहासिक शुरूवातका निम्ति प्रस्तोता समाज नेपाल हार्दिक आभार व्यक्त गर्दछ ! भन्नु भएको छ । त्यसैगरी संगीत रोयल्टी संकलन समाज नेपालले रोयल्टी कार्यान्वयनका लागि बिशेष पहल गरिरहेका बेला यो सुखद सुरुवात भएको प्रतिकृया समाजका अध्यक्ष सुरेश अधिकारीले दिनु भयो । अहिले ३ वटै सिएमओहरु प्रतिलिपि अधिकार ऐन नियमावली र संसदीय समितिको निर्देशन कार्यान्वयनका लागि एकजुट भएर लागेका छन । गीत संगीतको सार्बजनिक प्रयोगकर्तालाई रोयल्टीको कानुनी दायरामा ल्याइ राज्यको कुल ग्राहस्थ उत्पादन बढाउने कानुन प्रदत्त अधिकारको सम्मान गर्न समाजले सबैलाई आग्रह गरेको छ ।
यो सामाग्रि हामीले usandnepal.com बाट साभार गरेका हौ ।
– See more at: http://usandnepal.com/2016/12/58908#sthash.k4BBR4C6.dpuf

More Media